साढे २ वर्षपछि सुसान्त केसीको लाइभ कन्सर्ट भक्तपुरमा


काठमाडौं । गायक तथा गीतकार सुसान्त केसीको लाइभ कन्सर्ट हुने भएको छ । कन्सर्ट आगामी फागुन २४ मा भक्तपुरको सल्लाघारी ग्राउन्ड मा हुने भएको छ । सुसान्तले करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन् ।
‘बार्दली’, ‘सारङ्गी’, ‘साथी’, र ‘आमा’ जस्ता चर्चित गीतका लागि प्रख्यात सुसान्तले कन्सर्टमा पुराना हिटसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछन् ।
‘काठमाडौँमा प्रस्तुति दिनु सधैं विशेष अनुभव हो । समर्थकहरूको माया मेरो प्रेरणा हो र मार्च ८ मा सबैलाई संगीतको यो यात्रामा सहभागी गराउन उत्साहित छु,’, सुसान्तले भने ।
कन्सर्टका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । टिकटको माग उच्च हुने अपेक्षा गरीएकोले चाँडै बुक गर्न समर्थकहरुलाई आयोजकले आग्रह गरेका छन् ।