लिखु तामाकोशी गाउँपालिकाको डिजिटल स्वास्थ्य सेवाबारे छलफल – Nepal Press

लिखु तामाकोशी गाउँपालिकाको डिजिटल स्वास्थ्य सेवाबारे छलफल

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा डिजिटल प्राथमिक स्वास्थ्य सेवा कार्यक्रमको पहिलो वर्ष पूरा भएको छ । गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान र एनपीओ आशा जापानको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रममा एक वर्षभित्रका मुख्य उपलब्धिहरुलाई प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले कार्यक्रमको उपलब्धिको प्रशंसा गर्दै भविष्यमा पनि प्रतिष्ठानसँग मिलेर स्वास्थ्य सेवा सुधारमा थप सहकार्य गर्न तयार रहेको बताए। उनले संयुक्त रुपमा अघि बढेर थप प्रभावकारी परियोजनाहरू संचालन गर्न आवश्यक रहेको पनि जोड दिए ।

प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठले अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ देखि ७ सम्मका वडाध्यक्षहरु, पालिकाका १५ विद्यालयका प्रधानाध्यापकहरू, र स्वास्थ्य इन्चार्ज सहभागी रहेका थिए । कार्यक्रमका विशेष अतिथि एनपीओ आशा जापानका अध्यक्ष योशिफुमी निनले यो कार्यक्रमले डिजिटल प्रविधिमार्फत स्वास्थ्य सेवामा ल्याएको सकारात्मक प्रभावबारे आफ्नो विचार राखेका थिए ।

सल्लाहकार राज कुमार श्रेष्ठले शिक्षा, स्वास्थ्य, र सामाजिक विकासमा प्रतिष्ठानको भूमिकालाई महत्त्वपूर्ण बताउँदै समुदायको स्वास्थ्य मुधारका लागि यस कार्यक्रमको आवश्यकता र महत्वलाई विशेष रूपमा उल्लेख गरे ।

समारोहमा एक स्मारिका विमोचन गरियो, जसमा कार्यक्रमको उपलब्धिहरु समावेश गरिएको थियो। विगत एक वर्षमा ३२४ मातृ तथा शिशु स्वास्थ्य केसहरू दर्ता गरिएको र ८५१ पटक फलो अप गरिएको तथ्याक प्रस्तुत गरिएको थियो ।

त्यसैगरी, ४९३ दीर्घरोगीहरू (मधुमेह, उच्च रक्तचाप, दम) दर्ता भएकामध्ये ७ सय ३१ पटक फलोअप गरिएको थियो। कार्यक्रमले प्राथमिक उपचार तालिमलाई सरल र उपयोगी बनाउँदै १५ विद्यालयका ३ सय ५ विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरेको कार्यक्रमका परियोजना संयोजक गणेशमान लामाले जनाएका छन् ।

कार्यक्रममा उत्कृष्ट योगदान गर्नेहरू समुदाय स्वास्थ्य कार्यकर्ता वर्ष २०२४ पुरस्कार लालमाया तामाड वडा नंं ५, समुदाय प्रभाव पुरस्कार सस्मिता माझी वडा नं ६, नेतृत्व पुरस्कार उमिला पौडेल वडा नं २ लाई सम्मान प्रदान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर