वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट प्रकरणमा हुम्लाका युवा पक्राउ – Nepal Press

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट प्रकरणमा हुम्लाका युवा पक्राउ

काठमाडौं । प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा हुम्लाका एक जना युवालाई पक्राउ गरेको छ ।

गत २ गते काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न रही फरार रहेका हुम्ला अदानचुली गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौ सुर्यदर्शन हाईट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसीलाई टोखा वडा नं. ३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनमाथि प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ ।

साथै उक्त वारदातमा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी जारी रहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

One thought on “वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट प्रकरणमा हुम्लाका युवा पक्राउ

  1. फाेटाे हेर्दा त ३२ बर्षे युवा जस्ताे लाग्दैन त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर