टीकटकमा डोनाल्ड ट्रम्पका १ करोड १४ लाख फलोअर्स – Nepal Press

टीकटकमा डोनाल्ड ट्रम्पका १ करोड १४ लाख फलोअर्स

काठमाडौं । अमेरिकामा आज (जनवरी १९) बाट चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टीकटक बन्द भएको छ । तर, भोलि राष्ट्रपतिको शपथ लिने तयारीमा रहेका डोनाल्ड ट्रम्प अमेरिकाका सबैभन्दा धेरैले फलो गरिएका राजनीतिक अनुहार देखिएका छन् ।

टीकटकमा उनका फलोअर्स १ करोड १४ लाख छन् । ट्रम्पले सबैभन्दा पहिलो भिडिओ सन् २०२४ जुन २ मा बनाएका थिए भने सबैभन्दा पछिल्लो भिडिओ नोभेम्बर ६ मा अपलोड गरिएको छ । उनको पहिलो भिडिओ नै १७ करोड ९५ लाखभन्दा धेरैले हेरेका छन् । पछिल्लो भिडिओ ६ करोडभन्दा बढीले हेरेका छन् ।

५८ भिडिओ बनाएका ट्रम्प उनीसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरेकी कमला ह्यारिसको फलोअर्स निकै कम छन् । ट्रम्पभन्दा एक महिनापछि टीकटकमा जोडिएकी कमला ह्यारिसको २०२४ जुलाई २६ मा राखिएको पहिलो भिडि‌ओ झण्डै २ करोड ८० लाखले हेरेका छन् ।

सयभन्दा धेरै भिडिओ बनाएकी कमलाको पछिल्लो भिडिओ नोभेम्बर ७ मा राखिएको थियो । कमलाका फलोअर्स ९२ लाख छन् । टीकटकमा सबैभन्दा धेरै अलोअर्स भएका ट्रम्पले प्रतिबन्ध हटाउन सक्ने बताइएको छ ।

उनले आतइबार आफूले टीकटकबारेमा समीक्षा गरेर धेरै पर नगई निर्णय लिने उनले स्वामित्वको सामाजिक सञ्जाल ट्रूथ सोसलमा उल्लेख गरेको अमेरिकी मिडिया टाइमले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर