राष्ट्रिय परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउने बाटो खुल्यो, सर्वोच्चद्वारा रिट खारेज


काठमाडौं । राष्ट्रिय परिचयपत्र कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले रिट खारेज गरेसँगै सरकारलाई राष्ट्रिय परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउन बाटो खुलेको छ ।
देशभर एकैसाथ राष्ट्रिय परिचयपत्र लागू गर्दा सेवाग्राही मारमा पर्नसक्ने भन्दै अधिवक्ता रामबहादुर राउतले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । अदालतले आज उक्त रिट खारेज गरेको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश अव्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले रिट निवेदन खारेज गरेको हो ।
सर्वोच्चले वेबसाइटमार्फत तीन सदस्यीय पूर्ण इजलासबाट केही निर्देशनात्मक आदेश जारी गरे पनि आदेशको विवरण सार्वजनिक गरेको छैन ।