अर्थमन्त्रीको दाबी- न अर्थतन्त्र धराशायी छ, न त बैंक नै डुबेका छन् (भिडिओ) – Nepal Press

अर्थमन्त्रीको दाबी- न अर्थतन्त्र धराशायी छ, न त बैंक नै डुबेका छन् (भिडिओ)

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र कुनै समस्या नभएको दाबी गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री परौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले भने, ‘कर्जा प्रवाह बढिरहेको छ । निक्षेप जसरी नै कर्जा विस्तार पनि विस्तारै भैरहेको छ । बैंकको लगानीमा सुधार भइरहेको छ । बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर प्रचार गरिएको छ । यस्ता नकारात्मक प्रचारले स्थान पाउनु हुदैन । बैंक र अर्थतन्त्र डुब्दैनन । न अर्थतन्त्र धराशायी छ न त बैंक नै डुबेका छन् । हावादारी प्रचार गर्न हुँदैन । एकाध समस्या हुन सक्छन तर त्यसको समाधान गर्न सकिन्छ । केही समस्या आयो भन्दैमा हामीले डुब्यो भन्दै प्रचार गर्न हुदैन ।’

साथै आफू सरकारमा आउँदा ओरालो लागिरहेको अर्थतन्त्रलाइ सुधार गरिरहेको उनको दाबी छ । यो सरकारले काम गर्नका लागि आवश्यक कानून निर्माण गरेर अगाडि बढीरहेको मन्त्री पौडेलले जनाए ।

अर्थ मन्त्रालयले प्रस्तुत गरेको तथ्यांकमाथि शंका नगर्न आग्रह गर्दै उनले भने, ‘अर्थ मन्त्रालय डेटामा चिटिङ गर्दैन । जे छ त्यही देखाउछ । तथ्यले जे देखाउछ (हरियोलाइ हरियो अनि रातोलाइ रातो ) नै देखाउँछ ।’

अधिकांश सार्वजनिक संस्थान जुन खालको समस्यामा गिजोलिएका छन् त्यसका लागि सरकारले सार्वजनिक सस्थानको व्यवस्थापन गरेर अब सन्चालन गर्ने उनले आश्वसन देखाए ।

बिग्रेका अर्थतन्त्रलाइ आफ्नो सरकारले सुधार गरेर यहाँसम्म ल्याएको समेत उनले दोहोर्याए । अर्थतन्त्रमा सुधारका कामहरु गर्न जारी राख्ने उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर