बामदेव एमालेमा फर्किँदै, ओलीसँग दुई चरणमा छलफल – Nepal Press

बामदेव एमालेमा फर्किँदै, ओलीसँग दुई चरणमा छलफल

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एमालेमै फर्किने भएका छन् । उनको पार्टीका नेता डीबी कार्कीका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन् । शुक्रबार बालुवाटारमा भेटेरै कुरा गरेका गौतमले आज विहान ओलीसँग फोन सम्बाद गरेको उनले बताए ।

‘अब हामी नअल्मलिने भयौं, एमालेमै जाने भयौं’, कार्कीले भने । पार्टीको यस्तो तयारीसँग असन्तुष्ट चार जनाले पार्टी छाडेको पनि उनले बताए । उनका अनुसार, एकता अभियानमा सरिक भएका महेन्द्र अर्याल, हरि काफ्ले, इन्द्र सुब्बा र डिल्लीराज भट्टले एकीकृत समाजवादीसँग एकता हुनुपर्ने अडान लिएका थिए । एमालेमा जाने भएपछि उनीहरुले अभियानबाट अलग भएको घोषणा गरेका हुन् ।

एकीकृत समाजवादीले एकताका नाममा अल्मल्याएको र शंकाको दृष्टिले हेरेका कारण उक्त पार्टीसँगको सम्पूर्ण सम्बाद समाप्त भएको कार्कीले बताए । ‘अब हाम्रो कुरा कोहीसँग हुँदैन, अहिले एमालेसँग एकतामा जान्छौं, त्यसपछि अरु वामपन्थीलाई एमालेको धारमा ल्याउने प्रयासमा लाग्छौं’, उनले भने ।

लामो समय गौतमको प्रेस सहयोगीको भूमिकामा रहेका समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले शुक्रबार पार्टी र संगठन परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनी प्रवेश गरेलगत्तै ओलीले गौतमलाई छलफलका निम्ति बालुवाटार बोलाएका थिए । कार्कीका अनुसार, त्यही दिनको कुराकानीमा सबै कुरा टंगो लागेको र आज विहानको कुराकानीपछि एकता गर्ने कुरा पक्कापक्की भएको हो ।


प्रतिक्रिया

3 thoughts on “बामदेव एमालेमा फर्किँदै, ओलीसँग दुई चरणमा छलफल

  1. पार्टी फुटाउने राेलमा ह्याट्रिक गर्ने अवसर प्राप्त भएछ । बधाई छ । अवसर दिनेलाई सहानुभूती ।

  2. यी आएर पार्टीलाई सुक‍ो फाईदा छैन । यि अब एमालेमा ओलि पछिको नेता म भनेर आउन लागेका हुन् ।भोलि यिनलाई अध्यक्ष दिने त कोहि पनि हुदैनन । अनि एउटा सानो टुकडी लिएर एमाले विभाजन गरियो भनेर फेरि झ्याली पिटदै छोडन एमालेमा आउन लागेका हुन् । अहिले शान्त रहेको एमालेमा ढुङ्गा हानेर तरङ्ग पैदा गराउने हुन् । यिनलाई ठूलै शक्तिले आफ्नो ईच्छा पूरा गर्न एमालेमा ल्याउदैछ ।होशियार एमाले । माधव गएर के भो ? झलनाथ नभएर के रोकिएको छ ? घनश्यामले के नापे ? अब भिम रावलले के नाप्छन् ? एमाले आफ्नो गतिमा अघि बढी रहन्छ । कुडा कवाड छुटछन् । यिनलाई नल्याउनु नै वेश हुन्छ । किन तेश्रो पटक बेईमानी गर्न दिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर