हतारमा विधेयक पास हुँदैन पर्याप्त छलफल हुन्छ : प्रमुख सचेतक लिङथेप – Nepal Press

हतारमा विधेयक पास हुँदैन पर्याप्त छलफल हुन्छ : प्रमुख सचेतक लिङथेप

विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशनमा १० वटा विधेयक सभामा टेबल हुने भएको छ ।

भोलिबाट सुरु हुने अधिवेशनमा १० वटा विधेयक संसदमा टेबल गर्ने तयारी रहेको छ । ती मध्य केही विधेयक संशोधनका रूपमा समेत सभामा टेबल हुने नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक विदुर कुमार लिङथेप ले बताए ।

संसदीय पत्रकार मञ्च कोशीसँग अन्तरक्रिया गर्दै उनले यस पटकको हिउँदे बिजनेसको अभाव नहुने बताए । ती विधेयकलाई म्याचुवर्ड गराउन मिडियाको पनि भूमिका रहने बताए ।

उनले पत्रकारसङ कुराकानी गर्दै प्रदेश सभालाई प्रभावकारी बनाउन मिडियाको पनि भूमिका रहने बताए ।

उनले २ महिनाका लागि प्रदेश सभामा बिजनेसको कमी नहुने बताए । उनले भने यस पटक कानुन बनाउन हतार हुँदैन । सरोकारवालासङ तल्लो तहमा लगेर पनि छलफल हुने छ ।

कुनै विधेयक पास नगरी नहुने भए पास गर्ने तर पछि गर्दा पनि हुन्छ भन्ने देखिए थप छलफल गरेर विधेयक पास गरिने लिङथेपले बताए ।

कति पय कानुन बनाउने क्रममा हतार भएको छ यो सिकाइबाट सरोकारवालासङ यस पटक छलफल बढी हुन्छ । उनले प्रदेश सभालाई स्थिर बनाउन एमाले लागि परेको बताए ।

उनले भने प्रदेश सभा स्थिर बनाउनका लागि राष्ट्रिय राजनीतिले पनि असर गरी रहेको छ । हाम्रो हिसाबले मात्रै प्रदेशको स्थिरता कायम रहँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर