प्रधानमन्त्री र मन्त्री संसदीय समितिमा अनुपस्थित भएपछि सरकारको ध्यानाकर्षण – Nepal Press

प्रधानमन्त्री र मन्त्री संसदीय समितिमा अनुपस्थित भएपछि सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री वा मन्त्री संसदीय समितिमा उपस्थित नभएको भन्दै संसदीय समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) समितिको बैठकमा प्रधानमन्त्री वा कुनै पनि मन्त्री सहभागी नभएको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।

समिति सभापति ठाकुरप्रसाद गैरेले भने, ‘हरेक संसदीय समितिको बैठकमा प्रधानमन्त्री वा मन्त्री अनिवार्य हुनुपर्ने अभ्यास छ । तर, आजको यो समितिको बैठकमा प्रधानमन्त्री तथा सरकारको कुनै पनि मन्त्री ज्यू आउनुभएन । यसमा यो समिति सरकारको ध्यानाकर्षण गराउँदछ ।’

समितिले आइतबार नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०७९/०८० नेपाल सरकारको वार्षिक प्रतिवेदनमाथि छलफल आयोजना गरेको थियो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली वा सरकारको कुनै मन्त्री अनिवार्य सहभागी हुनुपर्ने थियो । प्राय:सजो संसदीय समितिमा अनिवार्य प्रधानमन्त्री वा कुनै न कुनै मन्त्री अनिवार्य सहभागी हुनुपर्ने अभ्यास छ ।

समितिको बैठकमा सरकारको तर्फबाट मुख्यसचिव एकनारायण अर्याल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चुणामणी पौडेल सहभागी थिए ।

बैठकमा सहभागी मुख्यसचिव अर्यालले समितिको ध्यानाकर्षणबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउने प्रतिबद्धता बैठकमा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर