नविल बैंक लिमिटेडको सहकार्यमा टोखामा कर्जा सदुपयोगिता सम्बन्धी अन्तरक्रिया – Nepal Press

नविल बैंक लिमिटेडको सहकार्यमा टोखामा कर्जा सदुपयोगिता सम्बन्धी अन्तरक्रिया

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कर्जा सदुपयोगताबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नविल बैंक लिमिटेडको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखाको आयोजनामा शनिवार एक दिने कर्जा सदुपयोगिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अन्तरक्रियामा कर्जा किन लिने ? कति लिने ? कहाँबाट लिने ? जे कामका लागि लिइएको हो सोही काममा प्रयोग गर्नुपर्ने, प्रयोग नगर्दा हुने समस्या सम्बन्धमा निक्षेपकर्ता संस्था र ऋणीहरु बीचमा छलफल भएको थियो ।

नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको प्रमुख आतिथ्यताकमा भएको अन्तर्क्रियामा ऋषि वाग्ले र अनुराग ज्ञवालीले कर्जा सदुपयोगिता सम्बन्धी प्रशिक्षण दिएका थिए ।
छलफलबाट प्राप्त राय सुझाव सम्बन्धित बैक तथा वित्तीय संस्थाहरुलाई प्रतिवेदन मार्फत उपलब्ध गराउने टोखा विकास अनुसन्धान समाज

टोखाका अध्यक्ष एवम् नेपाल राष्ट्र बैकका पूर्व सञ्चालक रामजी रेग्मीले जानकारी दिए ।

यस्तै, अन्तरक्रियामा उठेका प्रश्न, राय र सुझावलाई निक्षेपकर्ता र ऋणीहरुलाई कर्जा सदुपयोगिताका सम्बन्धमा कायम रहेका नीतिगत व्यवस्थाहरु निर्देशनहरुबारे जानकारी गराउने बताइएको छ । छलफलबाट उठेका प्रश्नको समाजका अध्यक्ष एवम् राष्ट्र बैकका पूर्व सञ्चालक रामजी रेग्मीले उत्तर दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर