लिभरपुलसँग अंक दुरी कम गर्ने आर्सनलको योजनामा भिल्ला बाधक – Nepal Press

लिभरपुलसँग अंक दुरी कम गर्ने आर्सनलको योजनामा भिल्ला बाधक

हेटौँडा । दुई गोलको अग्रतालाई कायम गर्न नसक्दा एस्टन भिल्लासङ्ग बराबरी खेल्न पुगेको आर्सनलले लिभरपुलसँगको अङ्क दुरी कम गर्ने योजना सफल बनाउन सकेन ।

इपिएलको शनिवार रातिको खेलमा भिल्लासँग २-२ को बराबरीले आर्सनललाई दुई अङ्कको घाटा लागेको छ । खेलमा ग्याब्रीयल मार्टिनिलले आर्सनललाई ३५ औँ मिनेटमा पहिलो अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० को अग्रता लिएको आर्सनलको लागि दोस्रो गोल ५५ औँ मिनेटमा काई हावर्ट्जले गरे । तर ६० औँ मिनेटमा योरे टेलेमान्सको गोल मार्फत एस्टन भिल्ला खेलमा फर्कियो ।

त्यसको आठ मिनेटपछि ओली वाटकिन्सले गोल गर्दै भिल्लालाई बराबरीमा ल्याए । त्यसपछि कुनै गोल भएन र खेल बराबरीमा सकियो ।

बराबरीपछि आर्सनल २२ खेलबाट ४४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ भने भिल्लाको समान खेलबाट ३६ अङ्क भएको छ र उ तालिकाको सातौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *