ट्रम्पको शपथग्रहणकै दिनबाट गैरकानूनी आप्रवासी पक्राउ र डिपोर्ट हुँदै, सिकागोबाट सुरु हुने


काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० अर्थात् सोमबार अमेरिकी राष्ट्रपतिको शपथ लिएकै दिनबाट गैरकानूनी आप्रवासीहरुमाथिको छापा सुरु हुने भएको छ ।
अमेरिकी मिडियाहरुले कुनै कानूनी अनुमति नलिइकन यस्तो छापा सुरु हुने बताएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार गैरकानूनी कामदारहरुको पक्राउ तथा डिपोर्ट (स्वदेश फिर्ता) अभियान सुरु हुनेछ ।
अमेरिकी मिडिया वाल स्ट्रिट जर्नल तथा न्यू योर्क टाइम्सले सिकागोबाट त्यस्तो अभियान सुरु हुने उल्लेख गरेका छन् । ट्रम्पले अमेरिकी इतिहासमै सबैभन्दा ठूलो गैरकानूनी आप्रवासी फिर्ताको अभियान चलाउने बताउँदै आएका छन् ।