नेकपा एमाले पाँचपोखरी थाङपालको अध्यक्षमा सूर्यमान दोङ


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट सूर्यमान दोङको अध्यक्षतामा ४८ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरिएको छ ।
शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा दोकदोक तामाङ, सचिवमा सुशन बोम्जन, उपसचिवमा बुद्धिमाया गुरुङ र माइते दोङ तामाङ सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र केन्द्रीय सदस्य सुवास कर्माचार्यले उद्घाटन गरेका थिए ।
उक्त अवसरमा स्थायी कमिटी सदस्य तामाङले एमालेमाथि गलत हल्ला गर्दै चौतर्फी आक्रमण भएको बताउँदै त्यस्ता भ्रम चिर्न नेता कार्यकर्तालाई आग्रह गरे ।
केन्द्रीय सदस्य कर्माचार्यले विगतमा भएका कमी-कमजोरीलाई आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
अधिवेशनमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य माधवप्रसाद पाण्डे, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सुनिता अधिकारी, प्रदेश कमिटी सदस्यहरु टासी लामा, देवेन्द्रबहादुर खत्री, अशोक चौलागाईं, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठलगायतको पनि उपस्थिति थियो ।