सरकारलाई अग्नि सापकाटाको प्रश्न- दुई तिहाइको भिड तपाईंहरुसँगै छ, के नपुगेर संसद नबोलाएको ? (भिडिओ)


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारमा दुई तिहाइको भिड भए पनि सदनको सामना गर्न डराएको टिप्पणी गरेका छन् ।
सिन्धुपाल्चोकको बाह्रबीसेमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले सरकारले नबोलाएपछि संविधानअनुसार विपक्षी दलहरुले संसद बोलाउने तयारी गरेको बताए ।
उनले भने, ‘हाम्रा ३२ जनाले अब बानेश्वारमा आगो बाल्नेछन्, विपक्षीहरु एकजुट भएका छन् । सदन बोलाएन भने संविधानमा व्यवस्था छ, हामी विशेष अधिवेशन बोलाउने तयारी गरेका छौं । हामी सडकमा पनि हुनेछौं ।’
पूर्वसभामुखसमेत रहेका सापकोटाले सरकारलाई के नपुगेर संसद नबोलाएको भन्दै प्रश्न गरे ।
उनले भने, ‘दुई तिहाइको सरकार छ । भिड उनीहरुकै छ । के नपुगेर र संसद नबोलाएको ? हामी थोरै छौं, तर पनि सरकार संसद बोलाउन डराएको छ ।’
उनले सरकार भ्रष्टाचारको संरक्षण गर्नमा केन्द्रित भएको आरोप लगाए । भ्रष्टाचारको प्रकरणमा सरकारबाट आफू निकटकालाई बचाएर विपक्षीलाई छानीछानी पक्राउ गर्ने काम भइरहेको उनको भनाइ छ ।
उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको कामले पार्टीप्रति आकर्षण बढेको जिकिर गरे । नेता सापकोटाले अहिले पार्टी एकताबद्ध भएर जनतामा जाने निर्णय हालै बसेको केन्द्रीय कमिटीको बैठकले गरेको बताए ।
संसद खुल्ला र मनपरी बोलौंला भनेर माओवादीका मुख चिलाएका छन् । ऐनहरू पास गर्न नदिन संसद अवरोध थर्छ माओवादीले हेर्नुहोला । तर यिनलाई मर्यादापालक लगाएर एउटा कुनामा अचेटेर अनि पास गर्नुपर्छ ।