यू- १९ महिला विश्वकपः बंगलादेशविरुद्ध ५२ रनमा अलआउट भयो नेपाल – Nepal Press

यू- १९ महिला विश्वकपः बंगलादेशविरुद्ध ५२ रनमा अलआउट भयो नेपाल

नेपालका ५ खेलाडी रन आउटको शिकार भए

काठमाडौं । आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाल रनमा अलआउट भएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको हो ।

नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, सोनी पाख्रिन ०, किरन कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३, अनु कडायत ० रनमा आउट भए ।

बलिङमा बंगलादेशकी जन्नतुल माउवाले सर्वाधिक दुई विकेट लिइन् । नेपालका ५ खेलाडी रन आउटको शिकार भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *