गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले ध्यान दिनुपर्छ: प्रचण्ड – Nepal Press

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले ध्यान दिनुपर्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन्।

रंगशालाको अनुगमनपछि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको भन्दै सरकारले छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्ने बताए।

उनले भने, ‘राजनीतिका ऐतिहासिक व्यक्तित्व एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन मेरो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको हो। पहिले यो रंगशालाको नाम झापा वैजनाथ खेलमैदान थियो।’

आफू प्रधानमन्त्री भएको बेलामा विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा प्रमुख नेताको नामबाट अघि बढाइएको बताए।

उनले सबै प्रदेशका रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरिएको पनि जानकारी गराए ।


प्रतिक्रिया

One thought on “गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले ध्यान दिनुपर्छ: प्रचण्ड

  1. आफू हुँदा दाम कमाउन तिर लाग्ने । अहिले अरूले बनाउनुपर्छ भनेर खोक्ने ? ओलिलाई भन्नै पर्दैन । यो देशमा बनाउने भनेकै ओलिले हो । अरू त भरौटे हुन् । अनि रंगशालाको ताला नखुलेर बाहिर बाहिर आउनु परेकोमा बधाई । यिनलाई सबै ठाउँबाट यसरी नै बन्देज गर्दै जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर