सन् २०२४ मा ३६१ पत्रकार जेलभित्रः सबैभन्दा धेरै थुन्नेमा चीन र इजरायल


काठमाडौं । पत्रकारहरुको संस्था कम्युनिटी टू प्रोटेक्ट जर्नलिष्टले हालसालै सार्वजनिक गरेको एक अध्ययन अनुसार सन २०२४ मा ३६१ पत्रकारहरु जेलमा परेका छन् ।
बिहिबार सार्वजनिक भएको एक अध्ययन रिपोर्ट अनुसार सबैभन्दा धेरै पत्रकारहरुलाई थुन्ने देशमा चीन र इजरायल छन् ।
चीनमा ५० पत्रकार थुनिएका छन् भने इजरायलमा ४३ छन् । चीन र इजरायल बाहेक सबैभन्द धेरै पत्रकारहरु थुनिएका देशहरुमा क्रमशः म्यानमारमा ३५, बेलारुसमा ३१ र रुसमा ३० पत्रकारहरु थुनिएका छन् ।
यस्तै, इजिप्टमा १७ पत्रकारहरु जेलमा छन् भने इरान, भियतनाम र इरिट्रियामा समान १६ जना पत्रकारहरु जेलमा छन् । शीर्ष दश स्थानको अन्तिममा रहेको अजरबैजानमा १३ पत्रकार थुनामा छन् ।