एकल बहुमत ल्याउन नसक्ने, अनि निर्वाचन प्रणालीमाथि प्रश्न उठाउने: आयुक्त थपलिया – Nepal Press

एकल बहुमत ल्याउन नसक्ने, अनि निर्वाचन प्रणालीमाथि प्रश्न उठाउने: आयुक्त थपलिया

काठमाडौैं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि राजनीतिक दललाई दुई तिहाई बहुमत ल्याउन अहिलेको निर्वाचन प्रणालीले नरोकेको बताएका छन् । संसदीय मामिला पत्रकार समाजले धुलिखेलमा गरेको निर्वाचन प्रणाली सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘स्थिरिता भनेको छिट्टै मृत्युवरण गर्नु हो र । अहिलेको संविधान र कानूनले कुनै पनि राजनीतिक दलललाई ५० प्रतिशत ल्याउन रोकेको छ र रु दुई तिहाई बहुमत ल्याउन रोकेको छ र संविधान तथा कानूनले रु सवा एक करोड एक्लै ल्याउन कुन दफाले रोक्छ रु राजनीतिक दलले हावादारी कुरा गर्ने, जनताको विस्वास जित्न नसक्ने, अनि व्यवस्था खराब भयो भन्न मिल्छ ?’

प्रमुख निर्वाचन आयुक्त थपलियाले पछिल्ला निर्वाचन मध्ये ४ वटा निर्वाचनमा विभिन्न दलले दुई तिहाई बहुमत ल्याउदाँ पनि ३ वर्ष सरकार नटिकेको भन्दै निर्वाचन प्रणाली गलत नभएर राजनीतिक दलको प्रवृति गलत भएको बताए ।

उनले भने, ‘स्थिर सरकार नबनेका कारण निर्वाचन प्रणाली फेर्ने हो भने पछिल्ला ८ वटा निर्वाचन मध्ये संसदमा चार वटा निर्वाचनमा विभिन्न दलको बहुमत आएको छ । २०१५, २०४८, २०५६ र २०७४ मा बहुमत विभिन्न दलको बहुमत थियो । तर, ति निर्वाचनपछि गठन भएका कुनै पनि सरकारको आयु ३ वर्ष पनि टिकेन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर