इजरायलका नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र, विपिन जोशीको बारेमा छलफल – Nepal Press

इजरायलका नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र, विपिन जोशीको बारेमा छलफल

काठमाडौं । इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डितले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

इजरायली प्रधानमन्त्री आइज्याक हर्जोगलाई ओहोदाको प्रमाणपत्र इजरायली राष्ट्रपतीय भवनमा बुधवार बुझाइएको हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति निवासमा भेटघाट भएको थियो ।

भेटघाटमा हमासबाट मारिएका १० जना, घाइते बनाइएका चार जना र बन्धक बनाइएका एक जना नेपालीको बारेमा पनि चिन्ता लिएका थिए ।

नेपाल र इजरायलको कूटनीतिक सम्बन्ध स्थापनाको छ दशक भएको भन्दै राष्ट्रपति हर्गोजले नेपालका पूर्वप्रधानमन्त्री बीपी कोइरालाले इजरायललाई मान्यता दिएको कुरा जोडेका थिए ।

राजदूत पण्डितले परराष्ट्रमन्त्री डाक्टर आरजू राणाले हमासबाट बन्धक बनाइएका विपिन जोशीका रिहाइको पहल गरिरहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर