नेकपा एस निकट समाजवादी प्रेस संगठन विघटन ! अध्यक्षसहितको टीम प्रेस चौतारीमा प्रवेश – Nepal Press

नेकपा एस निकट समाजवादी प्रेस संगठन विघटन ! अध्यक्षसहितको टीम प्रेस चौतारीमा प्रवेश

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले सुवेदीसहितको टीमलाई मूलधारमा स्वागत गरेका हुन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए ।

२०७७ पुस ५ मा संसद विघटन भएपछि तत्कालीन नेकपा सम्बद्ध प्रेस संगठनमा प्रचण्ड-समूहअन्तर्गत प्रेस चौतारी पृष्ठभूमिका पत्रकारको नेतृत्व सुवेदीले गरेका थिए । पार्टी विभाजन भएपछि प्रेस चौतारीको उक्त समूहले समाजवादी प्रेस संगठन स्थापना गरेका हुन् ।

सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

अध्यक्ष सुवेदीले प्रेस चौतारीमा केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । २०५० सालमा छलफल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका उनले २०५५ सालदेखि गत साउन महिनासम्म जनआस्था साप्ताहिकका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनी हाल नेपाल प्रेसमा आवद्ध छन् ।


प्रतिक्रिया

5 thoughts on “नेकपा एस निकट समाजवादी प्रेस संगठन विघटन ! अध्यक्षसहितको टीम प्रेस चौतारीमा प्रवेश

  1. आखिरीमा भाउजू कै लाइन समात्नु थियोे त ती दुई बर्ष एमालेलाई गाली गरेको जिम्मा कस्ले लिन्छ बड्डा l

  2. मुसाको साथ उपिया ले तवसम्म छोड्दैन जब मुसा जीवित रहन्छ !

  3. यसरी नै समाजवादी र माओवादी सक्दै जानू पर्छ । बिना कारण र आधार यता र उता गर्ने यी पनि गतिला चाहिँ होईनन् । तर पनि माधव, प्रचण्ड, मेटमणी, विरोध खतिवडा बाहेक अरू सबै ईमानदार माओवादी र समाजवादीहरूलाई एमालेमा स्वागत छ ।

    1. त्यो राजेन्द्र पाण्डे छ नि सबैभन्दा खत्तम !😅

  4. दुईचार जना जाँदैमा केही हुँदैन, बिघटन र के के नाम दिएर लेख्छ यो ओलीकम्पनीको कारीन्दा, धेरै समाजवादीमा नै छन् खड्ग ओलीको साईबर सेनामा काम गरेर के पो गर्नु हौ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर