स्वतन्त्रबाट जितेका डिलासैनीका वडाध्यक्षसहित २ दर्जन नेता-कार्यकर्ता एमाले प्रवेश – Nepal Press

स्वतन्त्रबाट जितेका डिलासैनीका वडाध्यक्षसहित २ दर्जन नेता-कार्यकर्ता एमाले प्रवेश

बैतडी । बैतडीमा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षसहित विभिन्न दलका करिब २ दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाशमणि भट्ट, वडा सदस्य गणेश धामी, जनकराज जोशी, दीपक बहादुर धामी, भरतबहादुर भट्ट, खडकसिंह धामी एमालेमा प्रवेश गरेको एमाले बैतडीले जनाएको छ ।

यस्तै, सुन्दरसिंह धामी, नर ब बोहरा, गोपाल बोहरा, कुमार लोहार, सगरमणि भट्ट, दीपक बोहरा, कुमार लोहार, सगर वड, मानवीर जागरी, संकर बोहरा, जिमला बोहरा, देव बोहरा र अमर बोहरा रहेका छन् ।

उनीहरूलाई जिल्ला इन्चार्ज लिलाधर भट्ट, सुदूरपश्चिम प्रदेश सकारका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पालले स्वागत गरेका थिए ।

एमाले नेता समेत रहेका वडा नम्बर ५ का अध्यक्ष यज्ञ भट्ट यदुले बताए ।

यदुपनि स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । उनी केहीदिन अगाडिमात्रै एमालेमा प्रवेश गरेका हुन् ।


प्रतिक्रिया

One thought on “स्वतन्त्रबाट जितेका डिलासैनीका वडाध्यक्षसहित २ दर्जन नेता-कार्यकर्ता एमाले प्रवेश

  1. बाले मिठाइमा फकाएर फोहोरको डष्टबिनमा लगेर हाले जस्तो छ। अब त्यो दुर्गन्ध कसरी हटाउने होला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर