एमालेका कबाडी र टपरे चिन्तनबाट कहाँ पुग्ला नेकपा एस ? – Nepal Press

एमालेका कबाडी र टपरे चिन्तनबाट कहाँ पुग्ला नेकपा एस ?

मरिचलाई सुकुमेलले सोधेछ, ‘तिमी किन चाउरिएको ?’ मरिचले भन्यो, ‘मलाई त आफ्नै पीरको रागले खायो ।’

अनि, मरिचले पनि सुकुमेललाई सोध्यो, ‘म त जातैले पिरो, तिमी त स्वाद पनि दिन्छौ । तर, जहिल्यै सुकेनास लागेजस्तो किन भयौ ?’ सुकुमेलले जवाफ दियो, ‘स्याऊ, सुन्तलामा जस्तो मलाई रस हुञ्जेल कसैले चलाएनन्, सुकेपछि मात्रै मेरो स्वाद लिने भएर नि…’

मरिचले भन्यो, ‘मेरै जातको पिरो-पिरो ल्वाङलाई तिम्रो जोडा बनाइदिए । मलाई ल्वाङको कति धेरै माया लाग्छ ।’

मरिचलाई ल्वाङको माया लागेको सुनेर सुकुमेल रिसायो । अनि, सुकुमेलले ल्वाङलाई सोध्यो, ‘मरिचेले तिम्रो माया लाग्छ भन्यो, तिमीलाई चाहिँ लाग्छ कि लाग्दैन ?’ ल्वाङले भन्यो, ‘त्यस्ता बैगुनी डल्लेको कुरा नगर न प्रिय, मलाई त तिमी नै मनपर्छ ।’

सुकुमेलचाहिँ शंकालु । कतै आफ्नो दौंतरीका रूपमा रहेको सुकुमेल मरिचसँग त लसपसिएन रु उसको यस्तो शंकालु स्वभाव बुझेपछि एकदिन मरिचले भन्यो, ‘स्वाद भएर पनि शंकाले खाएपछि तिमीलाई सुकेनास भएको रहेछ ।’

चुनावी जमाना पनि टेक्नोलोजीको छ । चिन्तनचाहिँ घरदैलोमै अड्किएको छ । अर्कोले टेक्नोलोजीबाट जनसमुदायलाई आफूतिर आकर्षित गरिसकेको हुन्छ । टपरे चेतना भएका नेताहरू घरदैलो गरिरहेका हुन्छन् । त्यसैले मरिचजस्तो चाउरिएला हैन, फूलजस्तो फक्रिएर अगाडि बढ्नुपर्छ ।

नेपालको राजनीतिमा मुख्यतः वामपन्थीहरूको स्थिति मरिच र ल्वाङ-सुकुमेलको यही गन्थनमा आधारित छ । मरिच, ल्वाङ-सुकुमेल, स्याऊ, सुन्तला- जे भने पनि फल नै हुन् । फलपिच्छेका विशेषता हुने नै भयो । वाम दलका शीर्ष नेता त्यस्तै छन्, जस्तो मरिच, ल्वाङ-सुकुमेल छन् । आ-आफ्नै दुःख छन्, व्यथा छन् ।

विद्या भण्डारीको शक्ति नाप्दानाप्दै एकदिन केपी ओलीले बैठक शुरू गर्नुअघि भंगालको यात्रा गर्नुपर्ने दिन आयो । दिन त के पनि आयो भने, एकदिन कोटेश्वर पुगेर माधव नेपालसँग सरकार बनाउने साउती मारे ।

चाहिएको बेला, चाहिएको काम लिने कला ओलीको विशेषता हो । नचाहिएका चिज उनी बोक्दैनन्, समयमै पन्छाउँछन् । चरित्रतः यो बैगुनी होला, तर सुकुमेलजस्तो- स्वादमा स्वाद छ, शंकामा शंकै छ । कहिलेकाँही माधव नेपालजस्ता ‘मरिच’, विद्या भण्डारीजस्ता ‘ल्वाङ’ मिलाउनुपर्ने स्थिति हुन्छ ।

उता, अर्काखाले सुकुमेल छन्, प्रचण्ड नामका । उनी पनि अरुलाई सुँघ्न माहिर । चरित्रतः ओलीजस्तै प्रचण्ड पनि आफ्ना निम्ति अरुका दुःख सोध्ने हुन्, दुःखीको दुःख मोचन गर्न हैन । अनि, त माधवहरू आफ्नै रागले चाउरिरहन्छन् । प्रचण्डले फेला पारेका अर्का ल्वाङ हुन्, उपेन्द्र यादव । मिल्नुपर्दा जता पनि तयार ।

माधव नेपालहरू केपी ओलीको रिसले अलग्गै पार्टी चलाइरहेका छन् । त्यो घरी प्रचण्डको, घरी देउवाको लात सहँदै चलिरहेको छ । कांग्रेस-माओवादीका निम्ति ‘चाहिँदाको भाँडो, नत्र घाँडो’ मात्रै भएको छ । त्यसैले अब त्यो पार्टी त्यस्तो हुनुहुँदैन । आफ्नो मौलिक चेतनाको जगमा उभिएर कम्युनिष्ट आन्दोलनका प्रति सम्पन्न गर्नुपर्ने कार्यभारतर्फ अग्रसर हुनुपर्छ । सकिँदैन भने पनि ओलीका रिसले घरी देउवाको, घरी प्रचण्डको लात सहिराख्नु हुँदैन ।

२०७५ मा एमाले-माओवादी एकतापछिको डेढ वर्षसम्मका प्रचण्ड कस्ता थिए रु माधवहरूले बिर्सिनुहुँदैन । उनी ओलीसँग लपक्कै मिल्दा माधव, झलनाथ, वामदेवहरूलाई भाउ दिएनन् । जुन दिन ओलीसँग झगडा सुरू भयो, त्यसपछि माधव, झलनाथ, वामदेवबिना उनको केही नचल्ने भयो । २०७७ पुस ५ मा संसद विघटन गरेपछि वामदेवले कसैलाई साथ दिएनन् । त्यसको क्षति त उनले व्यहोरिरहेका छन् ।

चलनचल्तीको नेपाली राजनीतिमा सबैले हेर्ने आफ्नो फाइदा हो । अरुका लागि कसैले पनि जीवन र जवानी खेर फालेका छैनन् । पंक्तिकार केपी ओलीलाई ‘व्यक्तिवादी अहंकारवादले ग्रस्त’ भन्ने कित्ताको हो । तर, पक्षधरतामा निरपेक्ष भएर भन्दा ओली उनका निम्ति सही छन् । उनले जे-जे गरे, आफ्ना निम्ति गरे । माओवादीसँगको एकता भंग गरेर एमाले ब्यूँताउने ठाउँमा उनलाई प्रचण्डको अत्याचारले पुर्‍यायो ।

आफ्नो पूर्वदलका माधव-झलनाथ बोकी बोकी प्रचण्ड यो मुलुकलाई एमालेमुक्त बनाइरहेका थिए । ओलीले ‘अदालत मिलाएर’ एमालेलाई आफ्नो हातमा लिईछाडे । चुनाव चिह्न सूर्य नेकपाका नाममा ‘अपहरित’ थियो, त्यो पनि ओलीले लगे । यसो गर्नका लागि उनले माधव, झलनाथ, वामदेव, भीम रावलसहितका पदाधिकारीलाई ‘खारेज’ गरिदिए । त्यसो नरेको भए तिनले ओलीलाई बसिखान दिने थिएनन् ।

यी काम गर्दा ओलीसँग गायत्री मन्त्र जप्ने सुविधा थिएन । किनभने, त्यसरी ती काम सम्पन्न हुने थिएनन् । अलिअलि ‘विरूपाक्ष’ जसरी भासिनै पर्ने थियो । कालिको रूप लिनै पर्ने थियो । विरूपाक्ष पूरै भासिए न युग सकिने हो, थोरै भासिँदा अपहरित पार्टी फिर्ता आउँछ भने किन नगर्ने भन्नेमा ओली पुगेकै हुन् ।

नेपालको राजनीतिमा मुख्यतः वामपन्थीहरूको स्थिति मरिच र ल्वाङ-सुकुमेलको यही गन्थनमा आधारित छ । मरिच, ल्वाङ-सुकुमेल, स्याऊ, सुन्तला- जे भने पनि फल नै हुन् । फलपिच्छेका विशेषता हुने नै भयो । वाम दलका शीर्ष नेता त्यस्तै छन्, जस्तो मरिच, ल्वाङ-सुकुमेल छन् । आ-आफ्नै दुःख छन्, व्यथा छन् ।

वामपन्थको लेन्सबाट हेर्दा ओलीशैली आलोचनायोग्य थियो । तर, त्यो आलोचनाको मूल्यभन्दा एमाले विरासतको रक्षाको मूल्यलाई ओलीले बढी ठाने, त्यही अनुसार मार हाने ।

हुँदा, सक्दा माधव नेपालहरूले पनि अरुलाई बाँकी राखेका थिएनन् । माधवकालको एमालेमा टिक्न नसकेर जीवनयापनका निम्ति आज कोशीमा मुख्यमन्त्री भएका हिक्मत कार्कीहरू ‘जद’, अर्थात् जग्गा दलालीमा लागिसकेका थिए । पंक्तिकारकै छिमलका लोकबहादुर भण्डारीहरूले त बल्ल राजनीतिमा टाउको उठाइरहेका छन् । माधवकालीन एमालेको पेलानले उनलाई पनि ‘जद’ बनाउँदै पछि स्कुल, क्याम्पस चलाएर बस्नुपर्ने बनायो ।

२०५८ सालमा वामदेव गौतमले नेकपा ९माले० लाई माधव नेपालकहाँ लगेर बुझाएपछि योगेश भट्टराई र रविन्द्र अधिकारी विरक्तिए । रसियामा पढ्न जाने, मास्टर्स गरेर फर्किने भन्दै थिए । झोला कसिसकेपछि राजा ज्ञानेन्द्रले त्यही वर्षको असोज १८ गते जननिर्वाचित सरकार अपदस्थ गरे । आन्दोलन चलाउनुपर्ने भयो । योगेश, रविन्द्रहरू काठमाडौंमै रोकिए ।

त्यसैले केपी ओलीलाई गाली गर्दा माधव कस्ता थिए भन्ने कुरा बिर्सिनुहुँदैन । त्यो कुरा बिर्सियो भने न माधव सुध्रिन्छन्, उनका पछि लागेका मान्छे ‘ठाउँ’ मा पुग्छन् ।
प्रश्न उठ्छ, माधव नेपालको पछि लागेर पुगिने ‘ठाउँ’ चाहिँ कहाँ हो ?

आज जो-जो मान्छे माधव नेपालका अघिपछि लागेका छन्, ती कतै पुग्छु भनेर हैन, केही पाइएला भनेरमात्रै लागेका हुन् । त्यहाँका करिव एक-डेढ दर्जन नेता योग्य, इमान्दार छन् । बाँकी सब एमाले हुँदैमा ‘कबाडी’ मा थन्क्याइएका सामानहरू हुन् । त्यस्ता समाजवाद ल्याउलान्, पार्टी बनाउलान्, क्रान्ति गर्लान् भन्नु बेकार हो ।

ओलीसँग झगडा गर्दै पार्टी बनाइएको यो तीन वर्षमा एकचोटि माधव नेपाल प्रधानमन्त्री भइदिएको भए, नभए झलनाथ खनाल राष्ट्रपति नै भइदिएको भए ‘हो रहेछ’ भन्ने हुन्थ्यो । त्यो पनि भएन । हुने कुरै हैन । किनभने, कांग्रेस-माओवादीले माधव नेपालका लागि राजनीति गरेकै हैनन् । जे-जे गरेका छन्, आफ्ना लागिमात्रै हो ।

माधवहरू केवल मोहरा बनाइएका हुन् । अहिले कांग्रेसले लात मारिरहेको छ । भोलि ओलीसँग मिल्दा प्रचण्डलाई फाइदा हुने दिन आयो भने फेरि प्रचण्डबाट लात खानुपर्छ । यी दुबैले माधवहरूबाट २०७७-०७८ सालमै लिनुपर्ने काम लिइसके । उनीहरूले पनि ०७९ सालको चुनावमा दिनुपर्ने, छाडिदिनुपर्ने सीटहरू दिएकै हुन् ।

आफ्नो पूर्वदलका माधव-झलनाथ बोकी बोकी प्रचण्ड यो मुलुकलाई एमालेमुक्त बनाइरहेका थिए । ओलीले ‘अदालत मिलाएर’ एमालेलाई आफ्नो हातमा लिईछाडे । चुनाव चिह्न सूर्य नेकपाका नाममा ‘अपहरित’ थियो, त्यो पनि ओलीले लगे । यसो गर्नका लागि उनले माधव, झलनाथ, वामदेव, भीम रावलसहितका पदाधिकारीलाई ‘खारेज’ गरिदिए । त्यसो नरेको भए तिनले ओलीलाई बसिखान दिने थिएनन् ।

संघीय संसदका २० वटा सीट पाउँदा १७ त जित्नुपर्थ्यो नि, आधा सीट जितेर थ्रेस होल्ड कटाउन मुस्किल पर्ने भनेपछि कुरा बुझ्नुपर्छ । टपरा थाप्दैमा धेरैथोक झर्दैन । झरिहालेछ भने टपराले थेग्दैन । त्यसैले अब टपरे चिन्तनबाट मुक्त भएर समृद्ध कम्युनिष्ट आन्दोलनको निर्माणमा अग्रसर हुनुपर्छ । कांग्रेस र माओवादीको मुख ताकेर राजनीति हुँदैन । राजनीति हुनलाई मौलिक पहिचान चाहिन्छ ।

चुनावी जमाना पनि टेक्नोलोजीको छ । चिन्तनचाहिँ घरदैलोमै अड्किएको छ । अर्कोले टेक्नोलोजीबाट जनसमुदायलाई आफूतिर आकर्षित गरिसकेको हुन्छ । टपरे चेतना भएका नेताहरू घरदैलो गरिरहेका हुन्छन् । त्यसैले मरिचजस्तो चाउरिएला हैन, फूलजस्तो फक्रिएर अगाडि बढ्नुपर्छ ।

अहिले प्रचण्डलाई जसरी भए पनि एकचोटि प्रधानमन्त्री बन्नु नै छ । समाजवादी मोर्चा नामको थाल ठटाइएको पनि त्यत्तिका लागि हो । त्यसमा माधव नेपालहरू धेरै नाच्नु हुँदैन । हैन, माधवलाई प्रधानमन्त्री बनाइँदैछ भने नाचौं, मच्चिमच्ची नाचौं । तर, त्यस्तो हुनेवाला छैन । माधवहरूले बुझ्नुपर्छ, समाजवादी मोर्चा भनेको प्रचण्डका ‘केही-कुछ’, अरुका लागि ‘काम पाइनस् बुहारी…’ जस्तो हो । नत्र, हिजो ओलीसँग सरकार चलाउँदा प्रचण्डलाई किन समाजवादी मोर्चा चाहिएन ? किनभने, त्यो चिज भनेको ‘चिजको विकास नहुञ्जेल’ हो, भएपछि आफ्नो बाटो लाग्ने हो ।

झण्डैझण्डै वामदेवले आफ्नो पार्टी एकता राष्ट्रिय अभियानलाई माधव नेपालको पार्टीमा मिसाइसकेका थिए । उनले पछि कुरा बुझेछन्, त्यहाँ जानुअघि एकचोटि एमालेसित कुरा गर्नुपर्छ । अहिले वामदेवहरू एमालेसँग कुरा चलाउँदैछन् ।

तसर्थ, वामदेवसमेतले नपात्याएको स्थितिमा अब माधव नेपालहरूले अलग्गै अभियान चल्छ कि चल्दैन भनेर समीक्षा गर्नुपर्ने समय आएको छ । राजनीतिमा आफ्नो फाइदा हेर्ने हो, अर्काका लागि गरिदिने हैन । आफ्नो चिजमाथि हस्तक्षेप गर्नुपर्छ । अर्काले सिंगारिदिर शहरमा हाईहाई त कमाइएला, तर मेकअप उत्रिएपछि अर्थोकै देखिएला कि !


प्रतिक्रिया

12 thoughts on “एमालेका कबाडी र टपरे चिन्तनबाट कहाँ पुग्ला नेकपा एस ?

  1. नेपाल प्रेसका लागि समाचार लेखिबक्सेछ है ।

  2. बामदेवको लात खाएर माकुनेके धाेतीकाे जुम्रा मार्न पुगेकाे मानिसले एमालेका बारेमा के चिन्ता गरेको हाे याे ??

  3. विश्वमणीका लेखकीय क्षमता मणी नागमणीभन्दा कम देखिदैनन् । गज्जव ।

  4. याे लेख पढेपछि थाहा भयाे,’विश्वमणि सुवेदी चाप्लुसी गरेर फाइदा नलिने निडर र साहशी व्यक्ति रहेछ ।’ सफल राजनीतिक नेता बन्ने उद्देश्य बाेकेकाे हाे भने उनैले भने जस्ताे टेक्नाेलाेजीकाे साथ लिएर जनता आकर्षित गराउन सक्नुपर्छ, तर सञ्जाल हेर्दा त्यस्ताे क्षमता प्रदर्शन गरेकाे देखिएन । समय कुरेकाे पाे हाे कि !

  5. नेता रिसाउन पाउँछन् तर लेख चाहि राम्ररी पढुन् ।

  6. स्पष्टिकरण नै सोधिसकेछन होइन यहि लेख लेखेको भनेर? एमालेले खोइ कस्लाई कारबाही गर्यो त्यहाँ अब भजन मण्डली मात्र बाँकि छ प्रशंसा नगर्ने त ओलीको शत्रु हो भनेर खोइ कोनि को भुकेको होइन हीजो?

  7. यो लेख लेख्ने बिश्वमणी भन्ने अवसरबादी एमाले पार्टीमा गएछन्, त्यो उकुसमुकुस मा कसरी जान सकेका होलान्, यही नेपालप्रेसमा ओलीकम्पनी भन्दै लेखेको नि पढेका थियौँ, कस्तो जागिर खान त्यस्तो कम्पनीमा गएछन् ?
    के खान त्यस्तो भ्रष्ट, दलाल, दास पार्टी र संगठनमा पुगेछन्, यो कायरले गर्ने काम गरेकोमा बधाई छ बिश्वमणीलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *