ऋषिकेशलाई यसकारण कडाइसाथ दण्डित गर्नुपर्छ – Nepal Press

ऋषिकेशलाई यसकारण कडाइसाथ दण्डित गर्नुपर्छ

नेकपा (एमाले) का नेता, मोरङ २ का प्रतिनिधिसभा सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल यतिखेर धेरैको ‘निशाना’ बनाइएका छन् । सामाजिक सञ्जालदेखि विरोधीहरूको भाषण पोखरेलविरुद्ध उछितो काडिएको भेटिन्छ ।

विभिन्न अनियमितता, अव्यवस्थितरूपमा भइरहेका काम, प्रक्रियाविपरीतका निर्णयमा प्रश्न उठाएकै कारण उनी विरोधीको मसाला बनिरहेका छन् ।

यसकारण तत्काल हटाउनुपर्छ र न्याय निरुपणका सन्दर्भमा प्रचलित अभ्यासलाई सुदृढ तुल्याउँदै कडाइसाथ दण्डित गर्नुपर्छ, गरिनुपर्छ ।

१) विगतमा सुन तस्करी सामान्य झैँ भएको थियो । बसाइँ सराइको क्रममा एक गाउँबाट अर्को गाउँबाट धातुजन्य वस्तुको ओसारपसार भए झैँ सहज भएको थियो । विभिन्न देश-देशान्तरबाट सेटिङमा यहाँ आउने, प्रहरी र राजश्वसँग सम्बद्ध प्रशासनले मौकामा समाइहाले पनि उम्लिएको पानी सेलाउन पनि समय लाग्ला तर यो विषय चाँडचाँडै सेलाउने गरेको थियो । यो तहमा हुने सुन तस्करी, तस्करीको तरिका, यसको मात्रा, प्रकृति आदिको अविलम्ब छानबिन गर्न जरुरी थियो ।

अरु धेरैको मौनतालाई चिर्दै सभापति ऋषिकेश पोखरेलले सिंहगर्जनका साथ सुन तस्करीको छानबिनको विषय उठाउनुभयो । एकपटक होइन, पटकपटक उठाउनुभयो । देश र दुनियाँले नसुञ्जलेसम्म उठाउनुभयो । फलस्वरूप सुन तस्करीको विषय र यसको विवरण परस्पर चियोचर्चो र सार्वजनिक महत्त्वको विषय बन्यो, सार्वजनिक खपतको विषय बन्यो र क्रमशः अध्ययन अनुसन्धानको विषय बन्यो । यसबाट माओवादी नामको राजनीतिक ब्यानर र आडमा उभिएका शीर्षस्थ नेता र नेतृत्वका घरमा सुन भेटिन थाल्यो ।

विगतका सभापतिहरू आँखामा राख्दा नबिझाउने स्वाभावका थिए । अहिले भने स्वाभिमान र इमान बिक्रीमा राखेर चुप लागेर नूनको सोझो गर्न छोडेर किन यत्रो भ्रस्टाचारको जालो उधिनेर यसमा पनि विपक्षीको आँखाको कसिङर बनेको ?

यसबेला सभापति पोखरेलले कम्युनिष्ट नाउँधारी अर्को शक्ति बद्नाम हुन्छ भनेर हेक्का राख्न पर्दैन थियो ? हतारहतार छानबिनको विषयलाई राष्ट्रिय राजनीतिमा सबैको ध्यानाकर्षित विषय किन बनाएको ? यत्रो जनयुद्धको रापतापबाट आएको शक्तिलाई मौकामा अलिअलि गरिखान ठाउँ दिनुपर्ने थिएन ? सुन तस्करी भएकै भए पनि सभापति ऋषिकेश पोखरेलको घरबाट भएको थियो र ? पुलिस प्रशासन लगाएर लगाम लगाउनुको सट्टा अलिअलि बिलो भाग लिएको थियो वा मागेको थियो भने हुँदैन थियो ?

कसैबाट केही लिएन । केही लालच देखाएन । कञ्चीभर आशक्ति देखाएन । राजनीतिमा चाहिने इमान र निष्ठाको पहरेदार भएर उभियो । राजश्व छलि गरेन । कपटपूर्ण व्यवहार गरेन । एमालेजस्तो जिम्मेवार राजनीतिक दलको जिम्मेवार प्रतिनिधिपात्र बनेर निर्धक्क उभियो । यसकारण सभापति ऋषिकेश पोखरेल गलत हो । यसकारण सामान्य कारबाही मात्र होइन, हदैसम्म कडाइसाथ दण्डित हुनुपर्छ ।

२) नेपाल सरकार, अर्थमन्त्रालय मातहतको धितो पत्र बोर्ड र यसको आइपीओ निस्कासनको खेलामा मौका पर्नासाथ लेनदेनको विषयमा डाक बडाबड गरेको भए हुन्थ्यो नि ! तातो न छारो पहुँचमा नरहेका नागरिक सर्वसाधारणको सुरक्षाका खातिर किन बोलेको ? किन लागेको ? यतिबेला इमानको कुरा नगरेर सरक्क भागमा मिल्न पर्दैन थियो ? यसकारण पनि सभापति ऋषिकेश पोखरेललाई कडाइसाथ दण्डित गरिनुपर्छ ।

३) सभापति ऋषिकेश पोखरेल- बीमा क्षेत्रको अर्बौं रकमको चुहावट र विकृति रोक्न र कुइट बीमा नागरिकलाई फिर्ता देऊ सरकार भन्न र निर्णय गराउन किन हतारिएर लागेको ? कायर सभापति यी कतिपय बीमा विचौलिया र बजारिया दलालसँग मिल्नु पदैन थियो ? यसबाट कमिसन लिन बार्गेनिङ गर्ने र बार्गेनिङ नमिलेपछि मात्र यस्ता विषयवस्तुलाई सार्वजनिकीकरण गर्नतर्फ लाग्नुपर्दैन थियो ? यसकारण पनि सभापति ऋषिकेश पोखरेलई कडाइसाथ दण्डित गर्नुपर्छ ।

सुन तस्करी भएकै भए पनि सभापति ऋषिकेश पोखरेलको घरबाट भएको थियो र ? पुलिस प्रशासन लगाएर लगाम लगाउनुको सट्टा अलिअलि बिलो भाग लिएको थियो वा मागेको थियो भने हुँदैन थियो ?

४) हामी नेपालीले पाएका र कमाएका सास्ंकृतिक सम्पदाहरूलाई लिलामसरह आउने दरभाउमा लिजमा दिने कार्यमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घरबेटीलाइ साथ दिनुपर्दैन थियो ? आफ्नो सुप्रिमो बस्ने घर ठूलो र महत्त्वपूर्ण कि राष्ट्रिय सांस्कृतिक सम्पदा ! यति पनि कुरा नबुझ्ने कस्तो सभापति ? किन हतारहतार जान्ने भएर त्यत्रो ९९ वर्षको लागि लुम्बिनी राम ग्राम लिज दिने कार्यको विरोध गरेको ? चित्त नबुझेको भए आफू सरक्क यसको एउटा भागी बन्दा भइहाल्थो नि !

मौका पाएको बेला कमाइ खानु पाप हो र ? अपराध हो र ? कसैको खाएको वा खाने कुरा गरेको हो र ? यो त राज्यको त हो नि ! आफ्नो सुप्रिमो जोडिएको केसमा लुरुक्क पछि नहटेर किन बढी जान्ने भएको ? किन तम्सिएको ? नेता र नेतृत्व बचाउन तिनको संरक्षण नगरेसम्म राष्ट्रको हित कसरी हुन्छ ? प्रचण्ड राष्ट्रवादलाई संरक्षण गर्नुपर्ने थिएन त ? यसकारण सभापति ऋषिकेश पोखरेलई कडाइसाथ दण्डित गर्नुपर्छ, गरिनुपर्छ ।

५) सार्वजनिक, सरकारी र कम्पनिको नाममा रहेको जमिनको अपचलन, रामदेवको ट्रस्टको दुरुपयोगसहित यस काममा भागीदार बनेर आयआर्जनमा जोडिएको भए ऋषिको के बिग्रिन्थ्यो ? उता बाबा रामदेव, यता सांसद ऋषि ! एउटा संसदको सांसदीय कार्यकालपछि त जिन्दगी मालामाल चल्ने थियो त ! किन यसतर्फ ध्यान नदिएको ? अथवा के-के न गर्छु, सपार्छु भनेर केही राष्ट्रवादी क्रान्तिकारीले गरिखाएको किन देखिनसहेको ? केहीबेर आँखा चिम्म गरेको भए के नै फरक पर्दथ्यो होला ! उल्टै सरकारलाई सम्पूर्ण सम्पत्तिको रेकर्ड किन मागेको ? विगतका सभापति झैँ आफूलाई कायम गर्ने कुरामा किन ध्यान नपुगेको ? यसकारण सभापति ऋषिकेश पोखरेललाई कडाइसाथ दण्डित गर्नुपर्छ ।

६) टेरामक्स घोटला र बाध्यात्मक निर्णयअन्तर्गत भएका ठूला भ्रष्टाचार छानबिन गरौँ भनेर किन भनेको ? आफ्नो कार्यकालभरि चुपचाप बसेको भए हुने थियो नि ! किन छानबिन गर भनेर अख्तियारलाई समेत निर्देशन दिएको ? त्यतिका ठूला नेताहरूलाई बयानमा पठाउनु हुन्छ ? यसले पार्टी र क्रान्तिको साख गिर्दैन ? अरुजस्तो हो र ! बुझ्नुपर्दैन- आफूहरू त जनयुद्धको रापबाट आएको होइन ? यसकारण सभापति ऋषिकेश पोखरेलई कडाइसाथ दण्डित गर्नुपर्छ ।

७) पोखरा र भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्टसम्बन्धी सम्पूर्ण रूपले छानबीन गर्नुपर्छ । यसमा गम्भीर घोटला छ । घोटलाको गन्धमात्र होइन, दुर्गन्ध आउँछ भनेर किन भन्दै हिँडेको ? भनेको मात्र होइन, अनावश्यक उपसमिति बनाइबनाई किन छानबिन प्रक्रिया अघि बढाएको ? यसो गरेर ठूला कदका नेताहरूलाई दुःख र सास्ती दिन मिल्छ ? हुन्छ ? यसकारण सभापति ऋषिकेश पोखरेललाई कडाइसाथ दण्डित हुनुपर्छ ।

८) निर्माणाधीन हुलाकी सडक पूरा गर्नुपर्दैन, अलिअलि ढिला सुस्ती गरौँ, चुपचाप बसौँ, हिलाम्य र धुलाम्य बनाइ राखौँ ! भोटको राजनीति गरिरहने ठाउँ र थलो बन्छ भन्नुपर्नेमा उल्टै निर्माण प्रक्रियालाई अवरुद्ध पार्ने तत्व, व्यक्ति र शक्तिको पहिचान गर्दै ठेकेदारलाइ हायलकायल काबुमा ल्याएर काममा लगाउनुहुन्छ ? अर्को चुनाव आउदैन अब ? यसरी भोटको राजनीतिको पसल बन्द गर्न हुन्छ ? उसलाई मात्र के बितेको थियो ? सभापति ऋषिकेश पोखरेलई कडाइसाथ दण्डित गर्नुपर्छ ।

सार्वजनिक, सरकारी र कम्पनिको नाममा रहेको जमिनको अपचलन, रामदेवको ट्रस्टको दुरुपयोगसहित यस काममा भागीदार बनेर आयआर्जनमा जोडिएको भए ऋषिको के बिग्रिन्थ्यो ? उता बाबा रामदेव, यता सांसद ऋषि ! एउटा संसदको सांसदीय कार्यकालपछि त जिन्दगी मालामाल चल्ने थियो त ! किन यसतर्फ ध्यान नदिएको ?

९) ग्यास उद्योगहरूले गरेको मनोमानी र गैरकानूनी काम ४००, ५०० लि सिलिन्डर बनाई उद्योगलाई बेच भनेको भए तिम्रो के हुन्थ्यो ? ऋषिको घरबाट भर्नु पर्दथ्यो ? किन आत्तिएर हुँदैन भनेको ? नागरिक सर्वसाधारणमाथि खेलवाड नगर भनेर किन आदेश गरेको ? आदेश गर्ने ऋषि को हो ? बरु सरक्क केही प्रतिशत शेयर मागेको भए उसको के जान्थ्यो ? यसकारण सभापति पोख्ररेल बेइमान हुन् । बडाइँसाथ दण्डित गर्नुपर्छ ।

१०) समाज कल्याण परिषद् र देशमा सक्रिया एनजीओ आईएनजीओका गतिविधिहरूलाई नजिकैबाट नियाल्न, नियन्त्रण र पारदर्शी बनाउन ऋषिलाई के चासो र खसखस लागेको ? तत्काल कानून लेऊ भनेर किन भनेको ? यतिमात्र होइन, राज्यको अत्यन्तै संवेदनशील अंगहरूमा गैरसरकारी लगानीका विषयमा आँखा चिम्लिएको भए ऋषिको के बिग्रिन्थ्यो ? किन हतारहतार रोक भन्ने निर्देशन दिनुपरेको ? यसकारण गलत र अयोग्य ठहरिएका सभापति ऋषिकेश पोखरेलई कडाइसाथ दण्डित गर्नुपर्छ ।

११) कस-कसको कहाँ केमा संलग्नता जस्तो सामान्य माहौल नै नबुझिकन एनसेलको १६ अर्ब राजश्व बक्यौता अनिवार्य उठाउ भन्नु किन परेको ? बहुराष्ट्रिय कम्पनीहरूले कानूनी कमजोरीलाई समाई राज्यलाई स्वामित्व हस्तान्तरण गर्नै नपर्ने ठाउँमा यो गलत छ भनेर किन हस्तक्षेप गर्नुपरेको ? भाग्न लागेका कम्पनीलाई रोकेर राज्यलाई बुझाउनुपर्ने बक्यौता उठाएर किन त्यत्रा ठूला कम्पनीलाइ चिड्याएको ? नेता नेतृत्वको भागमा आउने अंकलाई किन कटौती गराएको ? बरु सरक्क आफू पनि मिलेको भए हुन्थ्यो ! कुराको चुरो पक्ष नबुझ्ने सभापति ऋषिकेश पोखरेल अयोग्य व्यक्ति हुन् । कडाइसाथ दण्डित गर्नुपर्छ ।

१२) इन्टरनेट प्रदायक संस्थाहरूको ८ अर्ब किन उठाएको ? नउठ्दा वा नउठाउँदा ऋषिको के जान्थ्यो ? बक्यौता रकम छुट दिएर सम्झौता किन नगरेको ? यसकारण गलत सभापति ऋषिकेश पोखरेलई कडाइसाथ कारबाही मात्र होइन, हदैसम्मको दण्डित गर्नुपर्छ ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्टसम्बन्धी सम्पूर्ण रूपले छानबीन गर्नुपर्छ । यसमा गम्भीर घोटला छ । घोटलाको गन्धमात्र होइन, दुर्गन्ध आउँछ भनेर किन भन्दै हिँडेको ? भनेको मात्र होइन, अनावश्यक उपसमिति बनाइबनाई किन छानबिन प्रक्रिया अघि बढाएको ?

१३) नेपाल टेलिकम र स्वास्थ्य मन्त्रालयजस्ता ठूला टेण्डरहरूका विषयमा प्रश्न किन गरेको ? यो आँट कसले दियो ऋषिलाई ? ठूला नेता नेतृत्वसामु प्रश्न गर्ने ऋषि को हो ? मर्यादा ख्याल गर्नुपर्दैन ? यसकारण अयोग्य सभापति ऋषिकेश पोखरेलई कडाइसाथ कारबाही गर्नुपर्छ ।

१४) विद्युत प्राधिकरणमाथि उठेको प्रश्न सभापति पोखरेलले नउठाएको भए पाटन अदालतमार्फत निर्णय गरेर कुलमान दोषि ठहरिने थिएनन् । यत्तिका दिनसम्म शान्त विषयलाई उठाएर र कानुनतः अदालतको ध्यानाकर्षित विषय बनाएर किन बाठो हुन परेको ? त्यत्रो जनसमर्थनसहित हायहाय कमाएको नायक अब बिचरा भएनन् ? बिलखबन्द भएनन् ? बद्नामी भएनन् ? यो सबै कर्म गरेर वा गराएर ऋषिलाई किन ठूलो हुनुपरेको ? आखिरी ६ खर्बको ट्रान्फरमर कुइएर के नै हुन्थो र ? विद्युतका सबै समान, हाइटेन्सनको जमिन दाजुभाइलाई टेण्डरमा एकाधिकार बनाएर त चुपलाग्नु पर्दैन थियो ? कत्ति पनि कुरा नबुझ्ने सभापति ऋषिकेश पोखरेलई कडाइसाथ कारबाही मात्र होइन, दण्डसजाय दिनुपर्छ ।

१५) विगतका सभापतिहरू आँखामा राख्दा नबिझाउने स्वाभावका थिए । अहिले भने स्वाभिमान र इमान बिक्रीमा राखेर चुप लागेर नूनको सोझो गर्न छोडेर किन यत्रो भ्रस्टाचारको जालो उधिनेर यसमा पनि विपक्षीको आँखाको कसिङर बनेको ? यसकारण अनुचित र अयोग्य सभापति ऋषिकेश पोखरेलई कारवाही गर्नुपर्छ, अविलम्ब गरिनुपर्छ ।

निष्कर्ष-

समयको प्रवाह र प्रभावसँग आफूलाई रूपान्तरण गर्न नसक्ने, उभ्याउन नसक्ने, इमान र धर्मको खैजडी बजाएर राष्ट्रको पहेरदार बन्ने सपना देख्ने यस्ता ‘कमजोर’ सभापतिले तुरुन्तै आत्मसमर्पण सँगसँगै आममाफी मागेर सभापतिको जिम्मेवारीबाट छोडिनुपर्छ, टाढिनुपर्छ । नत्र, कानूनलाई यो एउटा विषयमा सुदृढ तुल्याउँदै सभापति ऋषिकेश पोखरेलई कडाइसाथ दण्डित गर्नुपर्छ, गरिनुपर्छ ।

स्रोत : सार्वजनिक लेखा समितिका निर्णयहरू


प्रतिक्रिया

6 thoughts on “ऋषिकेशलाई यसकारण कडाइसाथ दण्डित गर्नुपर्छ

  1. ऋषीकेशजस्तो ईमानदार विरूद्व हल्ला मच्चाउने प्रचण्ड एण्ड कम्पनि र पछिल्लो समय ६५ करोड खाने ग्याङ्ग हुन् । यी कम्पनि र ग्याङ्गका कुरा पत्याउने कोही छैनन । यी सबैको सत्यानाश हुँदै गैरहेको छ ।

  2. माथिल्लो विषय रह्यो राजकीयसत्ताको ।
    राजनीतिक विषयले अझ महत्त्व राख्दछ । यो भनेको नेकपा (एमाले) को जीवनमा कमरेड ऋषि बिचलित हुनुभएन, एमालेविरुद्ध, एमालेको निर्णयविरुद्ध, एमाले नीतिविरुद्ध, एमाले नेतृत्वविरुद्ध कहिल्यै उभिनुभएन । एमाले सक्ने महान अभियानमा लागेका अभियन्तासँग सालनाल जोड्नुभएन बरु राजनीतिक–बैचारिक हिसावले खह्रो तर्कले प्रतिवाद गर्दै उभिनुभयो र संकटका बखतमा पनि निर्भीक भएर गर्विलो झण्डा उठाइरहनुभयो । यसकारण पनि एमालेविरोधी मनोविज्ञानका लागि उहाँ अनुचित ठहरिनुभएको छ ।

    हेनुस् त अहिले त्यही व्यक्ति वा शक्ति उहाँविरुद्ध खनिएको छ, जो एमाले चाहँदैन, अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्व चाहँदैन र एमालेको सुखी नेपाली समृद्ध नेपाल निर्माण अभियानको राष्ट्रिय आकांक्षा पूरा गर्दै नेपाली विशेषताका आधारमा समाजवादको आधारशीला खडा गर्न चाहँदैन ।
    धन्यवाद !

  3. रफु भर्दै फुर्सद छैन । बनले नजानेको बाघ हैन , बाघले नजानेको बन हैन । एकपछि अर्को लफडा सार्वजनिक भएकै छन । सार्वजनिक नभएका कति होलान् ।

  4. कस्तो प्रायोजित लेख हो, सहकारी ठग ऋषिकेश पोखरेल लाई अरुले नचिनेको झैँ गरी लेख्छन्, यति धेरै चाप्लुसी गरेपछि उनी गतिलो हैनन् भन्ने झन् प्रमाणित भएन र?खड्ग ओलीको कोर टिममा कुन चैँ गतिलो मुन्छे छ र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *