७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, कहाँ को भए ? (सूचीसहित) – Nepal Press

७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, कहाँ को भए ? (सूचीसहित)

काठमाडौं । सरकारले ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका कांग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूलाई शपथ गराएका छन् ।

यसअघि ५८ जिल्लामा नियुक्त गरिएकोमा पछि अन्य जिल्लामा थपेर शपथ गराइएको हो ।

सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३५-३५ जिल्ला र ७ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो ।

सहमतिमा जिल्लाको नेतृत्व मिलाउने भनिए पनि एमाले र कांग्रेसले पाएकै केही जिल्लामा आन्तरिक विवादका कारण टुंगो लाग्न सकेको छैन ।


प्रतिक्रिया

One thought on “७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, कहाँ को भए ? (सूचीसहित)

  1. के हो यो भूमी आयोगको काम? कार्यकर्तालाइ सित्तैमा जमिन बाड्ने, कार्यकर्ता भर्ती बाहेक अरू केही छ जस्तो लाग्दैन । मार्क्सबादी र समाजबादी हरूले काम-माम दिन नसकेपछी सानो जमिन
    बाड्छन् गरिब भुलाउन, भोट बढाउन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर