प्रचण्ड-माधवको सिंहदरबार भेटमा लिङ्देनको इन्ट्री, राजेन्द्र श्रेष्ठ बाहिरिए
नेपाल प्रेस
२०८१ पुष २६ गते १५:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको इन्ट्री भएको छ।
सिंहदरबारमा जारी बैठकमा अध्यक्ष लिङ्देनसँग प्रवक्ता मोहन श्रेष्ठ पनि सहभागी छन्। बैठकमा लिङ्देन प्रवेश भएपछि अशाेक राई नेतृत्वको जसपाका नेता राजेन्द्र श्रेष्ठ भने बाहिरिएका छन्।
भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे आगामी दिनमा समान धारणा बनाउनमा वार्ता केन्द्रित रहेको जनाइएको छ। विपक्षी दलहरुले संसदको अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँने तयारी गरेका छन्।
प्रतिक्रिया
2 thoughts on “प्रचण्ड-माधवको सिंहदरबार भेटमा लिङ्देनको इन्ट्री, राजेन्द्र श्रेष्ठ बाहिरिए”
Leave a Reply
सम्बन्धित खवर
धुन्धुकारीलाई सत्ता नपाएर डाहा भएको छ । यो धुन्धुकारी राजनीतिमा रहेसम्म देशले दुख पाईरहन्छ । ५२ सालदेखि यो देश यहि धुन्धुकारीले बिगारिरहेको छ । यसले बोलाउने बितिक्कै चाहिँ किन मान्छे पछि लागेका ?
अर्थात , समाजवादी मोर्चामा राप्रपा पनि सामेल ?