रविबारे सीआईबी प्रमुख भन्छन्- हामीले माग गर्दैमा अदालतले जिम्मा लगाउँछ भन्ने हुँदैन
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2024/12/rabi-kaski.jpg)
काठमाडौं । सहकारी ठगी मुद्दामा कास्की अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहितका व्यक्तिलाई प्रहरीले के गर्छ भन्ने जिज्ञासा छ ।
प्रहरीले अदालतमा मुद्दा लैजाँदा निजहरु छुटी जाने भएमा पनि प्रहरीकै जिम्मा लगाउन माग गरेको थियो । तर, अहिलेसम्म प्रहरीले आदेशको संक्षिप्त प्रति पाएको छैन ।
‘हामीले माग गर्दैमा अदालतले उहाँहरूलाई हाम्रै जिम्मा दिन्छ भन्ने कुरा निश्चित हुँदैन’, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख एआइजी दीपक थापाले भने, ‘यदि हाम्रो मागबमोजिम अदालतले चिठ्ठी लेखिदियो भने उहाँहरूलाई हामी राख्छौ, नत्र जहाँ उपस्थित हुनुपर्ने हो, त्यहाँ उहाँहरू आफैं जानुपर्ने हुन्छ ।’