वामदेव एकीकृत समाजवादीमा जान ‘तयार’, वरिष्ठ नेता बनाइने – Nepal Press

वामदेव एकीकृत समाजवादीमा जान ‘तयार’, वरिष्ठ नेता बनाइने

काठमाडौं । पूर्वएमाले नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा भित्रिन तत्पर देखिएका छन् । एकीकृत समाजवादीले उनलाई भित्र्याउन पहल गर्ने निर्णय गरेसँगै उनले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

आज बसेको पार्टी स्थायी कमिटीको बैठकले गौतमसँग कुराकानी अगाडि बढाउने निर्णय लिएको हो । त्यसलगत्तै नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै गौतमले ‘आफू तयार रहेको’ बताए ।

उनले भने, ‘म तयार नै छु । भोलि नै कुराकानी हुनसक्छ ।’

बुझिएअनुसार गौतमलाई एकीकृत समाजवादीमा ‘वरिष्ठ नेता’ पद दिने समझदारी छ । उनी अध्यक्ष माधव नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन् । नेकपा एसको विधानमै ‘वरिष्ठ नेता’ को व्यवस्था छ ।

वामदेव निकट नेताहरु केशवलाल श्रेष्ठ, बलराम बास्कोटा, हरि पराजुली, सावित्रा भुसाललगायतका नेता पहिल्यैदेखि नेकपा एसमा विभिन्न जिम्मेवारीमा छन् । वामदेवकी पत्नी तुलसा थापामगर भने एमालेमा छिन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएर नेकपा एमाले र नेकपा माओवादी बौरिएपछि गौतम दुवैतिर लागेनन् । नेकपा एमाले विभाजन भएर बनेको नेकपा एसतिर पनि उनी लागेनन् ।

गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए, तर उनको यो अभियान पनि खासै अगाडि बढ्न सकेन । यो अभियानमा रहेका ७२ जनासहित गौतम नेकपा एसमा भित्रिनेछन् ।


प्रतिक्रिया

3 thoughts on “वामदेव एकीकृत समाजवादीमा जान ‘तयार’, वरिष्ठ नेता बनाइने

  1. वामदेवको पहिलेका गुटका मानिस छन त्याँहा । अब तिनको साथ लिएर समाजवादीलाई पनि तोडने भए । यिनले जानेकै फुटाउने हो ।

    1. बामदेवले हामीलाई २०५३ मा कांग्रेसलाई बेचे २०७७ मा माओवादीलाई यी कम्युनिस्ट आन्दोलनका जोक्कर हुन

  2. बामदेवले हामीलाई २०५४ मा कांग्रेसलाई बेचे २०७७ मा माओवादीलाई यी कम्युनिस्ट आन्दोलनका जोक्कर हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर