माओवादीसँगको एकता चर्चापछि नेकपा एसले भन्यो- तत्काल कुनै पार्टीसँग एकता सम्भव छैन (भिडिओ)
वामदेव गौतमलाई पार्टीमा भित्र्याउने गरी छलफल सकारात्मक रुपले अघि बढेको छ: उपाध्यक्ष खतिवडा


काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता सम्भव नभएको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रसँग एकताको चर्चा चलिरहेको बेलामा स्थायी कमिटीको बैठकले अब वामपन्थी एकताको नाममा अल्झिएर नबस्ने निष्कर्ष निकालेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।
उनले भने, ‘आजको दिनमा कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता गर्ने सम्भावना नरहेको निष्कर्ष निकालेको छ । वामपन्थीहरुसँग विभिन्न एजेण्डाको आधारमा सहकार्य गर्न सकिने तर, आज पार्टी एकताको सम्भावना नरहेको हुँदा त्यतातिर ध्यान नदिने, पार्टी सुदृढीकरणको लागि पहल गर्ने निर्णय भएको छ ।’
उनले अब जनसंघर्षबाट पार्टी निर्माणमा लाग्न गाउँ फर्किने अभियान पार्टीले तय गर्ने बताए ।
उनले केही शीर्ष नेताहरु पार्टीमा आउन संवाद चलिरहेको भन्दै आवश्यक छलफल गरेर निर्णय लिने पनि बताए ।
उपाध्यक्ष खतिवडाले भने, ‘वामदेव गौमतमसँगको छलफल सकारात्मक भइरहेको छ । त्यसबारे कुनै निर्णय भने भएको छैन । आवश्यक निर्णय छलफलपछि हामीले लिन्छौं ।’
कुम हल्लाएर एकता भन्नेले हावा खाए ।