अनेरास्ववियुले निःशुल्क लोकसेवा र शिक्षक सेवा आयोगका कक्षा चलाउने – Nepal Press

अनेरास्ववियुले निःशुल्क लोकसेवा र शिक्षक सेवा आयोगका कक्षा चलाउने

काठमाडौं । अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

अनेरास्ववियु केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाको उपस्थितिमा काठमाडौं अध्यक्ष निराजन थापाको अध्यक्षतामा भएको तेस्रो पदाधिकारी बैठकले युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

विभिन्न पेसा एवम् व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्स्टिच्युटसम्म पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्ने युवाहरूको अभिलाषालाई पूरा गर्न लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष थापाले जानकारी दिए ।

उनका अनुसार कक्षामा सहभागी हुन देशभरिका सरकारी सेवामा प्रवेश गर्न इच्छुक युवाहरूलाई यही पुस १५ गतेभित्र आवेदन दिने व्यवस्था गरिएको छ ।

तालिमका लागि आवश्यक स्रोत खोजी तथा व्यवस्थापनको जिम्मा अनेरास्ववियु केन्द्रीय सदस्य तिमिल्सिनाले लिएको बताइएको छ ।


प्रतिक्रिया

One thought on “अनेरास्ववियुले निःशुल्क लोकसेवा र शिक्षक सेवा आयोगका कक्षा चलाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर