ललितपुरको बालकुमारीमा सञ्चालनमा आयो उत्कृष्ट ब्याङ्क्वेट हर्ष बाटिका


ललितपुर । हस्पिटालिटी क्षेत्रमा अब्बल सेवा प्रदान गर्ने उद्देश्यसहित ललितपुरको बालकुमारीमा हर्ष बाटिका सञ्चालनमा आएको छ । ३६ हजार वर्ग स्क्वायर फिट इनडोर हल भएको हर्ष बाटिका सम्भवतः काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको ब्याङ्क्वेट हो ।
हर्ष बाटिकाको गार्डेन एरियाको क्षेत्रफल १२ हजार वर्ग स्क्वायर फिट रहेको ब्याङ्क्वेटका सञ्चालक सुरज कार्कीले जानकारी दिए ।
ग्राउन्ड फ्लोर र फर्स्ट फ्लोर गरी दुई वटा विशाल पार्टी हल रहेको हर्ष बाटिकालाई युनिक थिममा निकै आकर्षक ढंगले डिजाइन गरिएको छ । ११ रोपनी क्षेत्रफलमा फैलिएको हर्ष बाटिका पुग्नेहरू यसको भव्यता देखेर निकै हर्षित एवं रोमाञ्चित हुने गरेको सञ्चालक कार्की बताउँछन् ।
हर्ष बाटिकामा आयोजित विवाह पार्टीमा भेटिएका विशाल डाँगीले ब्याङ्क्वेटको भव्यता र यसको सर्भिस पाँच तारे होटलस्तरको भएको प्रतिक्रिया दिए ।
त्यस्तै एक रिसेप्सन पार्टीका होस्ट शम्भु कार्कीले हर्ष बाटिका आकर्षक र सेवा सुविधा पनि स्तरीय भएका कारण आफूले अन्यत्र एड्भान्स दिएर बुक गरिसकेको पार्टी पनि यहाँ गरेको बताए ।
‘हर्ष बाटिकाको लुक हेर्दा भव्यमात्र होइन, यहाँका खानाका परिकारहरूको स्वाद पनि दिव्य रहेको, हाइजिन मेन्टेन गरिएको पाएँ’, उनले भने, ‘पार्टीमा सहभागी गेस्टहरूले पनि हर्ष बाटिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।’
हर्ष बाटिका कोटेश्वरबाट बालकुमारी जाँदा पुल तर्नेबित्तिकै चक्रपथबाट १०० मिटरको हनुमन्ते खोला कोरिडोरमा रहेको छ । यहाँ पर्याप्त पार्किङको सुविधा रहेको छ ।
सञ्चालक कार्कीका अनुसार यहाँ २०० वटा चार पाङ्ग्रे सवारीसाधन र २०० मोटरसाइकल पार्क गर्न सकिने पार्किङस्थल रहेको छ ।
बाटिकाका प्रबन्ध निर्देशक विकल श्रेष्ठ भन्छन्, ‘हर्ष बाटिकाको कन्सेप्ट र डिजाइनका लागि निकै अनुभव टीमलाई जिम्मा दिएका कारण यसको भव्यता सम्भव भएको हो । हामीले धेरै अध्ययन र सोधखोज गरेपछि नेपालमा उत्कृष्ट र युनिक ब्याङ्क्वेट डिजाइन तथा निर्माण गर्दै आएको आरजी क्रियसन नेपाललाई यसको निर्माण गर्न सुम्पेका थियौं ।’
कम्पनीसँग भएको सम्झौताअनुसारको समयभन्दा अगाडि नै निर्माण कम्पनीले ब्याङ्क्वेट निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको उनको भनाइ छ ।
‘लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवम् विविध भेराइटीका खानाका कारण हर्ष बाटिकाले दिने सर्भिस कुनै पाँचतारे होटलभन्दा कम छैन’, सञ्चालक कार्कीले दाबी गरे ।
हर्ष बाटिकाको डिजाइन तथा निर्माण गरेको कम्पनी आरजी क्रियसन नेपालका अध्यक्ष राम गिरी आफूले निर्माण गर्ने हरेक ब्याङ्क्वेट ‘मास्टर पिस’हुने गरी नै गर्ने गरिएको बताउँछन् ।
‘म कुनै पनि निर्माणलाई भव्य, आकर्षक र सुन्दर बनाउन चाहिने कन्टेन्ट के के हुन् सक्छन्, तिनको पर्याप्त रिसर्च गरेरमात्र अप्लाई गर्छु’, अध्यक्ष गिरीले भने, ‘जसका कारण आरजी क्रियसनले डेभलप गरेका प्रोजेक्टहरू अन्यको भन्दा भिन्न हुन्छन् ।’
आरजी क्रियसनले काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरमा दर्जनौं ब्याङ्क्वेट तथा हस्पिटालिटीसँग सम्बन्धित प्रोजेक्ट निर्माण गरिसकेको उनले बताए ।
ब्याङक्वेट भन्नेबित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ, तर हर्ष बाटिकाले गोष्ठी, सेमिनारसँगै विभिन्न तालिम तथा इभेन्टहरूका लागि पनि सेवा उपलब्ध गराउने प्रवन्ध निर्देशक श्रेष्ठ बताउँछन् ।
उनका अनुसार करिब तीन हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्याङ्क्वेट तयार गरिएको छ । ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीनखालको खानाको मेनु तय गरिएको छ । आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिने उनले बताए ।
विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज ब्याङ्क्वेटमा उपलब्ध रहेको सञ्चालक कार्कीले जानकारी दिए ।