शेयर बजारमा झिनो अंकको सुधार – Nepal Press

शेयर बजारमा झिनो अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार सामान्य अंकको सुधार भएको छ । आज नेप्से २.९५ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ८७ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजारको कारोबार भएको छ । आजको कारोबारमा ११७ कम्पनीको शेयरमूल्य बढ्दा ११७ को घट्यो । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

तीन कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै जानकी फाइनान्स कम्पनीको शेयरमूल्य ९.८५ प्रतिशतले बढ्दा दोल्ती पावर कम्पनीको शेयरमूल्य ९.०९ प्रतिशतले बढेको छ ।

कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड २४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर