एमाले हेटौंडा उपमहानगर अध्यक्षमा कार्की विजयी


हेटौंडा । नेकपा एमाले हेटौंडा उपमहानगर कमिटी अध्यक्षमा बोलबहादुर कार्की विजयी भएका छन् । एमाले हेटौंडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।
आज भएको निर्वाचनमा कार्कीले १७६ मत प्राप्त गर्दै विजयी बन्दा उनक निकटमम प्रतिस्पर्धी जनरल श्रेष्ठ (जेन)ले १३३ मत ल्याए ।
उपाध्यक्षमा राजकुमार बास्तोला १४३ मतसहित विजयी बने । अन्य उपाध्यक्षका उम्मेदवार धनबहादुर मुक्तानले ७४ र इन्द्रप्रसाद खतिवडाले ६८ मत ल्याए ।
सचिवमा शान्ता गौतम १९७ मतसहित विजयी बन्दा निकटतम प्रतिस्पर्धी प्रकाश बानियाँले ८७ मत ल्याए ।
उपसचिव खुलामा शान्तेकुमार तामाङ ७४ मतसहित विजयी बने । अन्य उपसचिवका उम्मेदवारहरु सुरेश मिजारले ६७, कवि रेग्मीले ४१, भीम तिमल्सिनाले ३४, शिवबहादुर थापाले ३९ र अर्जुनप्रसाद अर्यालले ३१ मत ल्याए ।
उपसचिव महिलामा चन्द्रावती पनेरु १४६ मतसहित विजयी बन्दा रञ्जिता सिलवाल ७९ र जुना दङ्गालले ६९ मत ल्याए ।