रविबारे प्रचण्डको अभिव्यक्ति न्यायिक प्रक्रियालाई प्रभावित पार्ने आशयले आएको छ: गृहमन्त्री लेखक – Nepal Press

रविबारे प्रचण्डको अभिव्यक्ति न्यायिक प्रक्रियालाई प्रभावित पार्ने आशयले आएको छ: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेको विषयमा दिएको अभिव्यक्ति पदीय मर्यादाविपरीत भएको टिप्पणी गरेका छन् ।

चितवन पुगेर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कानूनी शासन सबैले मान्नुपर्ने बताए ।

प्रचण्डले रविलाई सरकारले प्रतिशोध राखेको भन्दै हिरासत बाहिर राखेर अनुसन्धान गर्न माग गरेका थिए ।

त्यसबारे गृहमन्त्रीले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेता ज्यादै जिम्मेवार, संविधान, देश र मुलुकका प्रति गम्भीर र जिम्मेवार हुनुपर्छ भन्ने विश्वास गरेका छौं, आशा पनि गर्नुपर्छ, तर प्रमुख प्रतिपक्षी दलको नेताको अभिव्यक्ति उहाँको पदीय मर्यादा र गरिमाअनुसारको छैन । देशमा कानूनी राज्य स्थापना गर्न र विधिको शासन कायम गर्न भइरहेका कानूनसम्मत अनुसन्धानहरुलाई प्रभावित गर्ने र न्यायिक प्रक्रियालाई नै प्रभावित गर्नेगरी बोल्नुभएको छ । त्यो उचित होइन ।’

उनले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको समेत बताए ।

गृहमन्त्री लेखकले थपे, ‘स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माण पनि द्रुत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो ।’


प्रतिक्रिया

2 thoughts on “रविबारे प्रचण्डको अभिव्यक्ति न्यायिक प्रक्रियालाई प्रभावित पार्ने आशयले आएको छ: गृहमन्त्री लेखक

  1. रविको पार्टीले किर्तिपुरमा भोट हालिदिएकाले प्रचण्डले रविको पक्षमा बोलेका हुन् ।छानबिन समिति बनाउने नै यी हुन् रविलाई कोच्न । तर रविमाथि पनि जनताले धेरै अपेक्षा नगरौं । ग्यालेक्सि टिभि एकदम मजाले चलाउँछु भनेर जिबि राईको दिमाग भुटने रवि रहेछन् । यसो गर्छु, उसो गर्छु र टिभिलाई अन्तराष्ट्रियस्तरको बनाउँछु भनेर हावा कुरा गरिदिएछन् । जिबिले पत्याएछन र सहकारीदेखि अन्यत्र दशतिरको पैसा ल्याएर हालिदिएछन् । त्यसपछि रविले टिभि डुबाईदिएछन् । देश पनि यिनले चलाउने भनेकै त्यस्तै हो । टिभि डुबेजस्तो देश र जिबि डुबेजस्तो जनता डुब्नुपर्ला । होश गरौं । माओवादी, रवि, बालेन, दुर्गाले चर्का कुरा गरेजस्तो देश चल्दैन नि । जनताले कुरा बुझ्नु जरूरी छ । यी त हावा र गैर जिम्मेवार कुरा गरिदिने समूह हुन् । यिनलाई न देश न जनताको चिन्ता छ । कसैको भाडाको टट्टु बनेर अशान्ति मच्चाईदिने, केही गर्न खोज्नेलाई खुईल्याउने काम हो यिनको । नेपाल भौगोलिक हिसाबले र रणनीतिक हिसाबले पनि जटिल ठाउँमा छ । त्यसैले सोच बिचार गरेर काम गर्नुपर्छ । जस्तै: रोजगारी नभएर जनता विदेश जानुपर्यो भन्छौं हामी । रोजगारीको राम्रो सम्भावना भएको सिमेन्ट उद्योग हो । हामीले आफैलाई पुग्ने त बनायौं अब ।तर भारत निर्यात गर्न नपाए त्यसले रोजगारी दिदैन । हाम्रो सिमेन्ट भारत जान पनि लागेको थियो । तर अहिले भारतले रोकिदियो । सिधै रोक्न मिल्दैन किनकी WTO मा उसले पनि सहि गरेको छ । तर गुणस्तर जाँच्ने निहुमा अहिले सिमेन्ट जान नै रोकिदियो । त्यस्तै भारत गैरहेको sanitary pad रोकिदियो । उसले निहु खोजेको भनेको भारतीय दूध नेपालमा आउन दिनुपर्यो भन्ने हो । तर भारतीय दूध नेपाल आउन दियो भने नेपालका किसान ठहरै हुन्छन । अब गर्ने के ? हो यस्ता कयौं समस्या आईरहन्छन् । विद्युतमा पनि यस्तै छ । भारत नपठाई विद्युत उत्पादन मात्र गरेर काम छैन । उत्पादन गर्न विदेशी लगानी, विशेषत चिनियाँ लगानी भए भारतले विजुली किन्दैन । पछिल्लो चरणमा त भारतले कुनै विद्युत आयोजनामा कुन नेपाली बैंकको लगानी छ र त्यो बैंकको शेयरधनी कुन विदेशी छ भनेर हेर्न थाल्यो । यस्ता कुराहरूसँग जुध्न र स्वाभिमान पनि कायम राखेर विकास गर्न चीनतर्फ Connectivity नबढाई सुखै छैन । यी भारतीय दलालले यी काम गर्छन ? गर्दैनन । यो काम गर्न सक्ने, गर्न खोजेको र नेपालको स्वाभिमान कायम नै राखेर देशको दीर्घकालीन विकास गर्ने दल, नेता यसो खोजौं त देशमा ।मैले त ओलि र एमाले बाहेक अरू कोही देखिन । जस्तै: बिआरआई काँग्रेस, माओवादी , रवि जो भए पनि पास नै हुदैनथ्यो ।नारायणकाजिले पास गर्न ठिक्क पारेको बिआरआई भारतको निर्देशनमा प्रचण्डले रोकिदिए । काँग्रेसको नेतृत्व भए अहिले पनि पास हुदैनथ्यो । अनुदान मात्र भनेर भाँजो हालेर बिगार्थ्यो । ओलि भएर पास भयो । अब १० आयोजना पनि ओलि भए अघि बढछ अरू भए बढदैन । बिआरआई पास भएको दिनदेखि भारतीय टट्टुहरू आक्रोशित छन् । प्रचण्ड विक्षिप्त बनेको हेरौं । त्यसैले ओलि वा एमालेको पुच्छर हुन होईन साच्चिकै काम गर्ने पार्टी र नेता भएकाले ओलि र एमाले रोजौं । पहिला महेन्द्र थिए अहिले ओलि छन् । मान्छे र दल चिनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर