नेकपा एस बैठक: आज १८ जनाले बोले, भोलि जिम्मेवारी दिइने – Nepal Press

नेकपा एस बैठक: आज १८ जनाले बोले, भोलि जिम्मेवारी दिइने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको आज बसेको स्थायी कमिटीको बैठकमा १८ जना नेताले आआफ्नो धारणा राखेका छन् ।

मंसिर २६ गते सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आआफ्ना धारणा राखेका हुन् ।

आजको बैठकमा जगन्नाथ खतिवडा, जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा शाह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साहले आफ्नो धारणा राखेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

बैठकमा अध्यक्ष माधव नेपाल, वरिष्ठ नेताहरु डा. बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालले आफ्नो धारणा राख्न बाँकी छ ।

भोलि सकिने बैठकले विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा नेताहरुलाई जिम्मेवारी दिनुका साथै पार्टी नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतको विषयमा पनि निर्णय लिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर