बीमा प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी सहसचिव दाहालले पाए

२०८१ मंसिर २७ गते १८:५८

काठमाडौं । नेपाल बिमा प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले पाएका छन्। नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि सहसचिव दाहालले अध्यक्षका रूपमा कामकाज गर्ने भएका हुन् ।
प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि दाहाललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।
बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दाहाललाई बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्ने गरी तोकिएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर