रेमिट्यान्स आप्रवाह ९.१ प्रतिशतले बढ्यो, भित्रियो ५ खर्ब २१ अर्ब – Nepal Press

रेमिट्यान्स आप्रवाह ९.१ प्रतिशतले बढ्यो, भित्रियो ५ खर्ब २१ अर्ब

काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाह ९ प्रतिशत भन्दा बढीले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांक अनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भएको हो ।

यस अवधिमा ५ खर्ब २१ अर्ब ६३ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब २१ अर्ब ४३ करोड रहेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर