इनफिनिक्स ‘हट ५०आई’ स्मार्टफोन नेपाली बजारमा, मूल्य कति पर्छ ?


काठमाडौं । इनफिनिक्सले नयाँ ‘हट ५०आई’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन मीडियाटेक हेलियो जी८१ प्रोसेसरद्वारा सञ्चालित रहेको कम्पनीले जनाएको छ ।
जसले मल्टिटास्किङ, गेमिङ, स्ट्रिमिङ वा एप्स स्विच गर्दा सहज र प्रभावकारी प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । ४ जीबी र्याम र १२८ जीबी स्टोरेजसँग प्रयोगकर्ताहरूलाई आफ्नो डाटा र मिडिया फाइलहरूका लागि पर्याप्त ठाउँ उपलब्ध गराउने कम्पनीको दाबी छ ।
४८ एमपी मुख्य क्यामेरामा एआई प्रविधि समावेश भएको छ । जसले आकर्षक फोटोहरू खिच्न सकिन्छ । ८ एमपी फ्रन्ट क्यामेराले उत्कृष्ट सेल् फी लिन मद्दत गर्ने कम्पनीले जनाएको छ ।
इनफिनिक्स ‘हट ५०आई’ अब नेपालभरका सबै अधिकृत इनफिनिक्स आउटलेटहरू र ठूला अनलाइन प्लेटफर्महरूमा उपलब्ध छ । जसको मूल्य १४ हजार ४९९ रुपैयाँ रहेको छ ।