अन्तिम बलमा रिफरको छक्कासँगै पोखरा र विराटनगरको खेल सुपरओभरमा – Nepal Press

अन्तिम बलमा रिफरको छक्कासँगै पोखरा र विराटनगरको खेल सुपरओभरमा

काठमाडौैं । नेपाल प्रिमियर  लिग अन्तरगत पाेखरा एभेन्जर्स विराटनगर किङ्सबीचको खेल सुपरओभरमा पुगेकाे छ ।

विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको पोखराका लागि रेमन रिफरले अन्तिम बलमा छक्का प्रहार गर्दे खेल सुपर ओभरमा पुर्‍याउन सफल भएका हुन् ।

राम्रो सुरुवात गरेको पोखराले मध्यक्रममा रन बटुल्न सकेन ।

विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए ।

यो जारी एनपीएलको पहिलो सुपरओभर हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *