काठमाडौंबाट पोखरा उडे रवि, निकिता पनि एउटै जहाजमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरातर्फ लगिएको छ । बुद्ध एयरको जहाजको अन्तिम सिटमा बसेर उनी पोखरा उडेका छन् ।
रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो भने केही बेर विमानस्थलमा राखेर पोखरा लगिएको हो । रवि चढेकै विमानमा उनकी पत्नी निकिता पौडेल पनि चढेकी छन् । उनी पनि पोखरा जान लागेकी हुन्, तर रवि र निकिता फरक फरक सिटमा छन् ।
रविलाई पोखराबाट बयानका लागि अस्ति वीरगञ्ज लगिएको थियो । हिजो एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो । श्रीमान कास्कीको हिरासतमा रहेदेखि पत्नी निकिता पनि धेरै समय पोखरा नै बस्दै आएकी छन् ।
रविलाई लैजाँदै गर्दा पोखरामा उनको समर्थनमा प्रदर्शन भइरहेको छ । काठमाडौंबाट गएका केही ‘स्वतन्त्र अभियन्ता’ हरुको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनपछिको सभामा उनीहरुले रवि लामिछानेलाई निशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।
कान्तिपुरले आज अर्को फण्डा निकालेछ रविको बारेमा । कान्तिपुर यो देशमा disinformation मात्र को स्रोत हो । यसले कहिल्यै नेपालको भलो गर्दैन । यसका सञ्चालक नै नक्कलि नागरिकताधारी भनेर अदालतमा मुद्दामा छन् । दुर्गममा त्यति राम्रो हस्पिटल बनाएको प्रशंसा गर्ने त कुरै छैन कसको कुन खाताबाट कहाँ पैसा गयो भनेर नक्कली समाचार बनाएछ । अनि सिद्वार्थ बैंकमा रहेको निकिताको खाताको statement यदि सहि हो भने कसले दियो कान्तिपुर र यसका पत्रकारलाई ? व्यक्तिको गोपनियताको हक हनन गरेकोमा कान्तिपुर र यसका मालिकलाई हदैसम्मको कारवाही गर । कान्तिपुर चलाएर यसका मालिकले अरबौं कमाए पनि एक सुका सामाजिक काममा खर्च गर्दैन । अनि अरूले गरेको राम्रो कामलाई उल्टा बनाएर छाप्छ । कान्तिपुरलाई सबै जनताले बहिष्कार गरौं । यसको हरेक समाचारलाई दलाली समाचार भनौं र हेर्दै नहेरौ । अनि कसैले पनि यसलाई बिज्ञापन नदिउ । व्यापारिलाई धम्काएर विज्ञापन हडप्छन पत्रकारले । यसको समाचारलाई कसैले पनि विश्वास नगरे पछि यसले कसैलाई धम्काएर असुल्न सक्दैन र यो बिस्तारै आर्थिक रूपमा टाटा पल्टिन्छ । अनि यसको हैसियत समाप्त हुन्छ । यो अभियान देशव्यापि बनाओैं । दलाल पत्रकार र मिडिया हाउस मुर्दावाद ।
एकदम सहि भनाइ हो। देश र जनताको हितमा काम गर्दैन भने सबै मिलेर यसलाई वहिस्कार गर्नै पर्छ।धन्यवाद।