जनकपुरको खराब सुरुआत, २८ रन जोड्दा गुमायो ५ विकेट

२०८१ मंसिर २६ गते ११:१०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले खराब सुरुआत गरेको छ ।
सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुरले २८ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाएको छ ।
जनकपुर ओपनरद्वय अनिलकुमार शाह र आसिफ शेखसहित टप अर्डर ब्याटर लाहिरु मिलान्था, हर्ष थाकर र शुभ कंशाकारलाई गुमाएको छ ।
अनिल शून्य, आसिफ ४, लाहिरु ७, हर्ष ५ र शुभ शून्य रनमा आउट भए ।
बलिङ सुदूरपश्चिमका इशान पाण्डेले २, कप्तान दीपेन्द्रसिंह ऐरी र सैफ अली जैवले एकएक विकेट लिएका छन् ।
जनकपुरले ४ ओभर १ बलको खेल सकिँदा २८ रन जोडर ५ विकेट गुमाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर