अपराजित लिभरपुल अन्तिम १६ मा प्रवेश – Nepal Press

अपराजित लिभरपुल अन्तिम १६ मा प्रवेश

हेटौँडा । मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै टिमलाई जिताएपछि इङ्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ ।

गए राति भएको खेलमा स्पेनिस क्लब जिरोनालाई १-० ले पराजित गर्दै लिभरपुलले अन्तिम-१६ मा स्थान बनाएको हो ।

लिग चरणको दुई खेल खेल्न बाकी रहेकै अवस्थामा लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको हो ।

अब बाँकी रहेको कम्तीमा एक खेल जितेको अवस्थामा लिभरपुल अन्तिम ८ मा पुग्ने निश्चित हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *