एनपीएलः जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
सुदूरपश्चिमविरुद्ध जित निकाले २ खेल अगावै प्लेअफमा पुग्नेछ जनकपुर

२०८१ मंसिर २६ गते ८:४६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
जनकपुर अपराजित टोली हो भने सुदूरपश्चिमले एक खेल गुमाएको छ ।
जनकपुर यो खेलमा जित निकालेमा २ खेल अगावै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाउनेछ ।
जनकपुर ४ खेलमा ४ जितसहित पहिलो र सुदूरपश्चिम ३ जितसहित दोस्रो स्थानमा छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर