चितवनविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलको उत्कृष्ट अर्धशतक


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले दोस्रो अर्धशतक प्रहार गरेका छन् ।
टीम संकटमा रहेका बेला पौडेलले उत्कृष्ट ब्याटिङको नमूना पेश गरे ।
चितवन राइनोज विरुद्धको खेलमा लुम्बिनीले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । खराब सुरुवात गर्दै लुम्बिनीले १ रनमै दुई विकेट गुमाएको थियो । तर, पौडेलले सुझबुझपूर्ण ब्याटिङ गर्दै टिमको उद्दार गरे ।
ओपनर आसुतोष घिरइया आज पनि चल्न सकेनन् । उनी ७ बलमा १ रन बनाएर आउट भए । तेस्रो नम्बरमा आएका उन्मुक्त चन्दले खाता खोल्न सकेनन् ।
दुई ब्याट्सम्यान छिट्टै गुमाएपछि रोहतले अर्जुन साउदसँग ३७ रनको साझेदारी गर्दै टिमलाई अगाडि बढाएका थिए । साउद १२ बलमा १५ रन जोडेर आउट भए । त्यसपछि आएका टम मुर्सले पनि पौडेललाई लामो समय साथ दिन सकेनन् ।
४९ रनमा ४ विकेट गुमाएको अवस्थाबाट पौडेललाई पाकिस्तानी ब्याटर साद बिन जाफरले बलियो साथ दिएका छन् । यो जोडीले १८ ओभरको समाप्तिमा लुम्बिनीर्लाइ १४२ रनमा पुर्याएको छ । यो समाचार लेख्दासम्म रोहित पौडेल ५१ बलमा ७१ रन बनाएर खेलिरहेका छन् । उनले ५ छक्का र ४ चौका प्रहार गरिसकेका छन् । उनलाई जाफरले ३० बलमा ४३ रन बनाएर साथ दिएका छन् ।
लगातार चार खेल हारेको लुम्बिनीले प्लेअफको दौडमा कायम रहनका लागि आज जित निकाल्नु अपरिहार्य छ ।