हुन्डाईले ल्यायो ‘डिसेम्बर डिलाइट : आकर्षक छुट तथा विभिन्न लाभहरुको विशेष उत्सव


काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले डिसेम्बर ९ देखि ’डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ ।
डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन् ।
‘डिसेम्बर डिलाइट’ अन्तर्गत, ग्राहकहरुले रु ६ लाखसम्मको छुट, रु ५ लाखसम्मको एक्स्चेज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, यस अभियानमा जिरो कस्ट ओनरसिप प्लान रहेको छ जसमा ग्राहकहरुले आफूलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् । साथै ३ वर्षको निःशुल्क चेक-अप, गाडी मर्मत सामाग्रीहरु तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ।
हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँझैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो । तसर्थ, देशभरका सो–रुमहरुमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरुलाई अनुरोध र प्रोत्साहित गर्दछ ।
यही शनिवार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरुको पनि आयोजना हुँदै छ ।