नक्कली चिर्कटो देखाएर मैले कम्बोडियामा पैसा राखेको भ्रम फैलाए : ओली (भिडिओ)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताएका छन् ।
सोमवार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ४/५ वर्ष अगाडिदेखि नै कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर प्रचार गरिएको उल्लेख गरे ।
व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै ओलीले नक्कली चिर्कटो बनाएर आफूलाई बद्नाम गरेको बताए ।
नक्कली चिर्कटो बनाउन एक करोड ११ लाख तिरेको कुरा प्रसाईं स्वयंले स्वीकारेको उनको भनाइ थियो । भ्रम फिँजाउनेहरुलाई समातेर पुष्टि गर भन्दा बदनामीको लागि बोलेको स्वीकार गर्ने गरेको समेत ओलीले बताए ।
ओलीको भनाइः
४/५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ । अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछ । त्यो नक्कली चिर्कटो एक करोड ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरु पनि छन् ।
यस्ता खालका मानिसहरु पनि छन् । कहाँको बैंकमा कति लाख डलर, कति मिलियन डलर केपी ओलीको बैंक खातामा छ भनेर हल्ला गर्नेहरु पनि देखिन्छन् । तिनीहरुलाई समातेर कहाँ छ ल पुष्टि गर त बैंकलाई भन्यो भने होइन, मैले केपी ओलीलाई बद्नाम गर्न पो भनेको हो, हावा कुरा हो त्यो भन्छन् ।
हामी सच्चाईमा अडिग छौँ । इमान्दारिता थोपरेर होइन, आफू भित्रबाट आउनुपर्छ । भित्रबाट इमान्दार आचरण गर्नुपर्छ । भित्रबाट इमान्दार अभ्यास गर्नुपर्छ ।
भिडिओ
bkamfuse gaaf
चुच्चे नक्सा जारी गरे बापत दक्षिणबाट खटाईएका टट्टुहरूको काम हुनुपर्छ । बिआरआई पछि त झन् आउने नै भयो ।