हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु – Nepal Press

हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु

जेनेभा । हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमबार बताएका हुन् ।

जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भोल्कर तुर्कले भने, ‘गत सातामात्र हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा एक शक्तिशाली गिरोहका नेताद्वारा आह्वान गरिएका आक्रमण र प्रत्याक्रमणका क्रममा कम्तीमा १८४ जनाको मृत्यु भएको छ ।’

उनका अनुसार यी पछिल्ला घटना र यसबाट मृत्यु भएका मानिसहरूको सङ्ख्यासँगै यो वर्षमात्र हाइटीमा हिंसात्मक आक्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या पाँच हजार पुगेको छ । -रासस/एएफपी


प्रतिक्रिया

One thought on “हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु

  1. यो घटनाबारे अन्तराष्टि्य मिडीया हेर्ने हो भने, यो घटनामा ईसाइ पादरीको प्रत्यक्ष संग्लग्नता छ । माफियालाइ उक्साएर, अफ्रिकन परम्परागत धर्म voodoo मान्ने हरू को नरसंहार गरिएको छ। यस उक्साहट गराउने काम ईसाइ पादरीले गरेको हो, मिडीयाहरूको भनाइ अनुसार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर