रवि लामिछानेलाई सिमरा पुर्याइयो, विमानस्थल बाहिर समर्थकको नाराजुलुस (भिडिओ)
नेपाल प्रेस
२०८१ मंसिर २४ गते १६:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वीरगञ्ज लैजाने क्रममा सिमरा पुर्याइएको छ । पोखराबाट काठमाडौं ल्याएर फेरि सिमरा लगिएको हो ।
रविलाई लगिएको बुद्ध एयरको जहाज ४ः१३ बजे अवतरण भएको थियो । रविलाई पुर्याउनुअगावै विमानस्थलमा समर्थकहरुको भीड लागेको थियो । विमानस्थलको गेटबाहिर समर्थकको प्रदर्शनका कारण रविलाई निकाल्न प्रहरीलाई सकस परेकाे थियाे ।
प्रतिक्रिया