शेयर बजारमा १२ अंकको गिरावट, ५ अर्ब ६२ करोडको कारोबार
नेपाल प्रेस
२०८१ मंसिर २४ गते १५:२८
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १२.८४ अंकले घटेर २ हजार ६ सय ७६ दशमलब १५ विन्दुमा बन्द भएको हो ।
आइतबार ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजारको कारोबार भएको छ । आजको कारोबारमा ९२ कम्पनीको शेयर मूल्य बढ्दा १३८ को घट्यो । १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३५ करोड २७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर