रविमाथि सरकारले निरंकुश, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार देखायो : प्रचण्ड – Nepal Press

रविमाथि सरकारले निरंकुश, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार देखायो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै विरोध जनाएका छन् ।

उनले सरकारलाई प्रतिशोधपूर्ण कार्य रोक्न माग गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’

रविलाई चितवनबाट रातारात अमानवीय व्यवहार देखाएर पोखरा लगेको भन्दै सरकारको आलोचना भईरहेको बेलामा प्रचण्डले पनि विरोध जनाएका हुन् ।


प्रतिक्रिया

2 thoughts on “रविमाथि सरकारले निरंकुश, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार देखायो : प्रचण्ड

  1. प्रचण्ड राजनीतिक वेइमान हुन भन्ने कुरा पटक पटक पुष्टि उनैले गरेकाछन् । त्यसैको जारी रूप उनको यो अभिव्यक्ति हो । प्रचण्डले अब अदालतबाट जारी भएको पक्राउ पुर्जी पनि सरकारको निर्देशनमा भएको हो भन्नु पर्छ । कसैले विर्सेका छैनन्, प्रचण्ड प्रधानमन्त्री छदा रविलाइ केपीले बचाएका छन् । मैले आफ्रनै पार्टीको उपाध्यक्षलाई समेत पक्रेर थुनेको छु, भन्दै भाषण गरेको त हेक्का राख्नु पर्छ नी ।
    प्रचण्ड प्रधान सहकारीको रकम अपचलन गरेको बिषयमा काँग्रेसका नेताहरुले संसद बैठक अवरोध गरीरहेको बेलामा रविलाइ केपीको आर्शिवादले गृहमन्त्री बनाएको भन्ने पनि प्रचण्ड नै हुन । आफ्रना कार्यकर्ताहरुको बिचमा भ्रष्टहरुको ठूलो जालो छ भन्दै कपी ओली व्यँग्यबाण प्रहार गर्ने पनि यिनै प्रचण्ड थिए । तर अहिले हेर त लाज पचाएर बोलेको छि …..।

  2. संसदीय समिति गठन गर्न लगाउने प्रचण्ड । अनि अहिले जनताको सहानुभूति बटुल्न जे पनि बोल्ने नौटंकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर