सिरियामा ‘राजनीतिक समाधान’ खोज्न ‘सम्बन्धित पक्ष’लाई चीनको आग्रह
बेइजिङ । चीनको विदेश मन्त्रालयले इस्लामिक नेतृत्वको विद्रोहीले दमास्कसमा कब्जा जमाएको र बशर अल असदको दशकौं लामो शासनको अन्त्य गरेपछि सिरियामा राजनीतिक समाधान खोज्न ‘सबै सम्बन्धित पक्षलाई’ आग्रह गरेको छ ।
बेइजिङले हालैका वर्षहरूमा सिरियासँगको सम्बन्धलाई मजबुत बनाएको छ र असदले सन् २०११ मा गृहयुद्ध सुरु भएयता मध्यपूर्व बाहिर दुर्लभ राजकीय भ्रमणका क्रममा गत वर्ष चीनको भ्रमण गरेका थिए ।
सोमबार उनलाई पदच्युत गरिएकोबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङले ‘सिरियाको घटनाक्रमलाई नजिकबाट नियालिरहेको’ बताइन् ।
‘हामी आशा गर्दछौं, सम्बन्धित सबै पक्षहरू सिरियाली जनताको आधारभूत हितका आधारमा अगाडि बढ्नेछन् र देशमा स्थिरता कायम गर्न यथाशीघ्र राजनीतिक समाधान खोज्नेछन्’, माओ निङले नियमित पत्रकार सम्मेलनमा भनिन् ।
आफ्नो परिवारसहित रूस भागेका असदसँग चीन सम्पर्कमा छ कि छैन भन्ने प्रश्नको माओले प्रत्यक्ष जवाफ दिइनन् ।
सन् २०२३ को चीन भ्रमणका क्रममा असद र चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई देशबीच ‘रणनीतिक साझेदारी’ को घोषणा गरेका थिए ।
सिरियाको दमास्कसस्थित चिनियाँ दूतावासले बिहीबार चिनियाँ नागरिकलाई ‘जतिसक्दो चाँडो’ सिरिया छाड्न सुझाव दिएको छ ।
सिरियाको विदेश मन्त्रालयले आइतबार सिरियाका नयाँ शासकलाई ‘चिनियाँ संस्था र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न व्यावहारिक कदम चाल्न’ आग्रह गरेको छ । -रासस/एएफपी
सिरिया अब एउटा सिङ्गो देश नरहला । ठूलो भाग ईजरायलले कब्जा गरिदिन्छ ।बचेको भागका प्रान्त पनि ती प्रान्तमा हावि भएका लडाकु समूहले अलग अलग राज्य बनाउछन् र देश टुक्रिन्छ । सिरियाली जनताले अब चरम दुख पाउछन्, असुरक्षा महशुस गर्छन । अमेरिकी योजनामा आतंककारी घोषणा गरिएका समूहले गरेको काम हो यो । अरब देश त नपुसक नै रहेछन् । गाजामा निहत्था जनता मारिदा चुईक्क नबोल्नेहरू नपुसक नै हुन् ।अमेरिकाको ईजरायल बलियो बनाउने र अरबमा तेल कब्जा गर्ने योजना अन्तर्गतको काम हो यो । अहिले पनि सिरियाको तेल अमेरिकाले चोरिरहेको आरोप छ । गाजामा भएको हत्याको विरोध भनेर नेपालमा रहेका केही भारतीय दलालहरू अहिले आएर प्लेकार्ड बोकेर निस्के । ती भनेका पपुलिजम्वाला हुन् । जनताले लात हाने भनेर यस्तै पपुलिष्ट कुरा गरेर फर्किन सकिन्छ कि भनेर हो । तर तिमीहरू दलाललाई जनताले राम्ररी चिनिसके ।